Sunday, November 17, 2019

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा सुरजवीर बज्राचार्य
Photo Courtesy: shyam smrit/visionsansaar
३० कात्तिक, केके मानन्धर
नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो राष्ट्रिय महाधिवेशनले सुरजवीर बज्राचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत छनोट गरेको छ । देशभरका नेवार पत्रकारहरुको साझा संगठन दबूमा उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, रचना श्रेष्ठ र संदिप श्रेष्ठ छानिए । उपाध्यक्षको लागि वरियताक्रममा नृपेन्द्रलाल श्रेष्ठलाई सबसे अगाडि राख्ने भद्र सहमति गरिएको हो ।
महासचिवमा सुनिल महर्जन, सचिवमा केके मानन्धर, कोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, सह–सचिवमा राजु नापित र प्रेरणा शाक्य तथा सह–कोषाध्यक्षमा बाबुकाजी साःछेँ श्रेष्ठ सर्वसम्मत भए ।
Photo Courtesy: Uden Nhusayami


त्यस्तै, सदस्यहरुमा नविन जोशी, विजयराम कर्माचार्य, भाइकाजी महर्जन, विगेन तुलाधर, हसना लवजु, विराजकाजी राजोपाध्याय, प्रजित शाक्य, अनुप प्रधान, श्याम तण्डुकार, तेजनारायण महर्जन, पूर्णभक्त दुवाल, विनय प्रधान, रुवि श्रेष्ठ, सुनिता महर्जन, मीना बज्राचार्य, अनिता डंगोल र निशा श्रेष्ठ छन् । गण्डकी प्रदेशको संयोजकमा गोर्खाका उत्तम श्रेष्ठ तथा प्रदेश नं. १ मा सुनसरीका भोजराज श्रेष्ठलाई छनोट गरिएको छ । निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन विधानतः सल्लाहकार तथा पदेन कार्यसमिति सदस्य बनेका छन् ।
Photo Courtesy: Rajendra Maharjan


काठमाडौंको टेकूमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा पाँच जना पत्रकारहरु पुरस्कृत भए । ती मध्ये काभ्रे निवासी वरिष्ठ पत्रकार तथा साहित्यकार मोहन दुवाललाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार तथा नगद दस हजार रुपियाँ हस्तान्तरण गरिएको थियो । सो पुरस्कारलाई समाजसेवी सुरबहादुर श्रेष्ठले स्थापना गरेका हुन् । देवशोभा कंसाकारले स्थापना गरेको ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारसँगै नगद बीस हजार रुपियाँ झापा धुलाबारी निवासी वरिष्ठ पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठलाई दिइएको थियो ।


त्यस्तै, राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार तथा नगद दस हजार रुपियाँ दिइएको थियो । भिक्षु कौडण्यले स्थापना गर्नुभएको भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार तथा नगद एघार हजार एक सय रुपियाँ कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्यलाई दिइएको थियो । मोतीशान्ति शाक्यले स्थापना गरेको ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार तथा नगद बाह्र हजार रुपियाँ भने धरान निवासी वरिष्ठ पत्रकार याम प्रधानलाई दिइएको थियो । याम प्रधान र अमृतलाल श्रेष्ठको स्वास्थ्य अवस्था प्रतिकूल भएकोले सम्मेलनमा प्रतिनिधिमार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो ।
दुई चरणमा आयोजित सम्मेलनको उद्घाटन सत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्नेमा जोड दिए । राज्यको चौथौं अंगले जिम्मेवार, उत्तरदायी तथा तथ्यपरक समाचार दिनुपर्ने उहाँको भनाई थियो । ‘महानगरपालिकाभित्र मेरो र हरिप्रभाजीको समन्वन अभाव छ । म बसपार्क व्यवस्थित बनाउन जाने, उहाँ भत्काउने । यस्तो तालले कसरी महानगरपालिका बन्छ ?’ मेयर शाक्यको प्रतिक्रिया थियो । तथ्यपरक समाचार प्रकाशनले यस्ता विषयलाई न्यूनिकरण गर्दै लाने मेयर शाक्यको तर्क थियो ।
तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रदेश नं. ३ का सांसाद राजेशकाजी शाक्य, जीवन डंगोल, प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका प्रतिनिधि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रतिनिधि, दबूका सल्लाहकार, चितवन, सुनसरी, लमजुङ, गोरखा, धादिङ, तनहुँ, झापा, कञ्चनपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट सिफारिस गरिएका पार्षदहरूको सहभागिता थियो ।

थप तस्बिरहरुः
साभारः सुरेश ख्वाखः श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रत्न श्रेष्ठ, केके मानन्धर लगायत























No comments:

Post a Comment