Sunday, January 4, 2026

भारतकाे बिहारमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न



-शैलेश गुप्ता । पुस २०८२ ।

सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा पौष २० र २१ गते दुईदिने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ।सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका मुख्य अतिथि पूर्व सिक्किम राज्यपाल माननीय गंगा प्रसाद रहनुभएको थियो।

सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धूकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा। सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा। पी। सी। चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो।

यस सम्मेलनमा नेपालबाट दर्जनौ  पत्रकारहरू अन्तर्राष्ट्रिय सम्मान अर्वाडबाट सम्मानित भएका छन्। सम्मानित हुने पत्रकारहरू नृपेन्द्रलाल श्रेष्ठ, राजु नापित, सदाब मलिक, दिपेन्द्र प्रजापति,अभिलाष गुप्ता,सैलेश गुप्ता,राजन कुमार सिंह  सुभास राम रहेका छन्। उनीहरूको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मेलनमा आधा दर्जन पद्मश्री सम्मानित व्यक्तित्वहरू सहित पत्रकार, चिकित्सक, खेलाडी, शिक्षक, व्यवसायी, समाजसेवी, साहित्यकार, लेखक तथा अनुसन्धान विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विशिष्ट व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको थियो। साथै भारतका विभिन्न राज्यहरूबाट आएका प्रतिनिधि, पद्मश्री सम्मानित व्यक्तित्व तथा कुलपति गरी करिब २०० प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए।

सम्मेलनको पहिलो दिन पौष २० गते० उद्घाटन सत्रसहित तीनवटा शैक्षिक सत्र सञ्चालन गरिएको थियो। सत्रहरूमा मातृभाषामा आधारित खुला सत्र विशेष आकर्षणका रूपमा रहेको थियो, जहाँ पत्रकार, साहित्यकार, कवि तथा शिक्षकहरूले आफ्ना विचार तथा कविता आ–आफ्नो मातृभाषामा प्रस्तुत गरेका थिए।सन्ध्यामा लोकगीत तथा लोकनृत्यमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसले सम्मेलनलाई थप आकर्षक बनाएको थियो।

दोस्रो दिन  पौष २१ गते० सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। यस क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो।कार्यक्रमबारे जानकारी दिँदै सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको बताए। यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित यस सम्मेलनले नेपाल–भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


थप तस्बिरहरू:













Saturday, December 27, 2025

पत्रकार महासंघका संस्थापक अध्यक्षको विषय टुङ्ग्याउनुपर्छ : सञ्चारमन्त्री जगदीश खरेल

 


पुस १२ शनिबार । केके मानन्धर ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावको कारणले नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सुचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको उहाँको भनाइ छ । नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको विषयमा चर्चा गरिएको थियो । मन्त्री खरेलले सत्य र तथ्य दस्ताबेज प्रस्तुत गर्न आह्वान समेत गर्नुभयो । वास्तविक तथ्य उपलब्ध भएको अवस्थामा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउने क्षेत्रमा आफुले पनि पहल गर्ने मन्त्री खरेलले आश्वासन दिनुभएको छ । 

त्यस्तै, सत्यनारायण बहादुर श्रेष्ठकी कान्छी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । तत्कालीन दरबारसँगको सम्बन्धकै कारणले निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नुभएका श्रेष्ठ बहुुदलीय प्रजातन्त्र पश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गर्नुभएको अनुभव सुनाउनुभएको थियो । 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११० औं जन्मजयन्तीको अवसरमा सम्पन्न भएको कार्यक्रममा सञ्चारकर्मीद्वय प्रकृति अधिकारीलाई पुरस्कृत र रामकृष्ण कर्माचार्यलाई सम्मान गरेको थियो । अधिकारीलाई सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ प्रदान गरिएको थियो । गोरखापत्र राष्ट्रिय दैनिकका सहसम्पादक अधिकारीलाई नगद राशी २५ हजार समेत हस्तान्तरण गरिएको थियो । त्यस्तै सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ बाट श्रेष्ठका सहकर्मी वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गरेको थियो । 

कार्यक्रममा तेस्रो मिडिया कप फुुटसल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समिति र ललितपुरकै महिला पत्रकारहरुलाई उत्कृष्ट भएबापत प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरिएको थियो । 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले बताउनुभयो । हुनपति श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ । नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार संघलाई कालान्तरमा नेपाल पत्रकार महासंघ बनाएको हो । तर कारणवश २०१२ चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायको नाम उल्लेख रहेको छ ।


फुटसल प्रतियोगितामा पत्रकार, कलाकार तथा अन्य पेशागत संघसस्थामा आवद्ध रहेका १० वटा खेलप्रेमीहरुको टिमले सहभागिता जनाएको फुटसलतर्फका संयोजक प्रजित शाक्यले बताउनुभयो । पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की 
चौधरी, ललितपुर महानगरपालिका वडा नंं. ५ का वडाध्यक्ष विकास मान श्रेष्ठ, १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, तामाङ पत्रकार संघका प्रतिनिधि, ताम्राकार समाजका प्रतिनिधिदेखि सञ्चारकर्मीहरुको उलेख्य सहभागिता थियो ।





More photos:


Thursday, December 25, 2025

सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान हस्तान्तरण गरिंदै

 

पुस १० गते । केके मानन्धर । 

पत्रकारिता क्षेत्रमा योगदान गरेका सञ्चारकर्मीद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सम्मानित हुनेभएका छन् । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११० औं जन्मजयन्तीको अवसरमा हुने कार्यक्रममा उहाँहरु सम्मानित हुन लागेका हुन् । नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो पुस १२ गते शनिबार ललितपुर मानभवनस्थित आदर्श विद्या मन्दिरमा तय गरेको कार्यक्रममा सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ गोरखापत्र दैनिकका सहसम्पादक प्रकृति अधिकारीलाई दिने जनाइएको छ । अधिकारीलाई नगद राशी २५ हजार समेत हस्तान्तरण हुनेछ । त्यस्तै सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ बाट श्रेष्ठका सहकर्मी वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गर्ने निर्णय भएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जनाए । उहाँहरुले पत्रकारिता मार्फत समतामूलक समाज निर्माण र सकारात्मक परिवर्तनको लागि खेल्नुभएको भूमिकालाई मूल्यांकन गर्दै सम्मान गर्न लागेको बताइएको छ ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले बताए । हुनपति श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ । नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार संघलाई कालान्तरमा नेपाल पत्रकार महासंघ बनाएको हो । तर कारणवश २०१२ चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायको नाम उल्लेख रहेको छ ।

पत्रकार राष्ट्रिय दबूले सोही दिन तेस्रो मिडिया कप फुटसल प्रतियोगिता ११४६ गर्ने भएको छ । फुटसल प्रतियोगितामा उपाधि जितेकाहरुलाई समेत पुरस्कृत गरिने फुटसल प्रतियोगितातर्फका संयोजक प्रजित शाक्यले जनाए । पत्रकार, कलाकार तथा अन्य पेशागत संघसस्थामा आवद्ध रहेका खेलप्रेमीहरुको सहभागितामा तीन वर्षदेखि फुटसल प्रतियोगिता हुँदैआएको छ ।

Saturday, September 20, 2025

पत्रकार टेकमान शाक्यलाई धम्की दिएकोप्रति नेवाः पत्रकारको ध्यानाकर्षण

११४५ ञलागा चतुर्दशी
२०८२ असाेज ४ गते, शनिबार 

प्रेस विज्ञप्ति









पत्रकार टेकमान शाक्यलाई टेलिफोनमार्फत त्रसित बनाएर धम्की दिएकोप्रति देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार राष्ट्रिय दबू धादिङ जिल्ला शाखाका सदस्य समेत रहनुभएका नेप्लिज टाइम्स डटकमसँग आवद्ध रहेका पत्रकार शाक्यलाई समाचार कन्टेन्ट बनाएकै आधारमा आतंकित बनाउनु खेदजनक छ । पत्रकार शाक्यले सुरक्षा थ्रेटकै कारणले असाेज ३ गते शुक्रबार फेसबुकमार्फत ‘मलाई अहिले पनि थ्रेट आईरहेको छ । नयाँ नम्बरबाट । ज्यानको सुरक्षाको भिख माग्दै छु ।’ पोष्ट गर्नुभएको थियो । 

पत्रकार शाक्यको अनुसार उहाँलाई धम्की दिनेहरु क्रमशः नेकपा एमालेका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत र उहाँका शुभचिन्तकहरु हुन् । नेपालको संविधानको परिपालना गर्न/गराउनुपर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तित्वले समाचार कन्टेन्टमा रहेका असन्तुष्टि सम्बोधन गराउनको लागि कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्काउनु गलत छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक तथा निर्वाध रुपमा बोल्न र हिंड्न पाउनुपर्ने अधिकारलाई कुण्ठित हुनेगरी भएका गतिविधि गैरन्यायिक छन् । 

पेशागत अधिकार संकुचन हुनेगरी पत्रकारलाई धम्की दिनेहरुलाई तत्काल कारबाही गर्न तथा शाक्यको शान्ति, सुरक्षाको लागि सरकारसँग माग गर्दछ । पत्रकारको नैसर्गिक अधिकारमा अवरोध नगर्न समेत पत्रकार राष्ट्रिय दबू आग्रह गर्दछ ।

केके मानन्धर
महासचिव
नेवाः पत्रकार राष्ट्रिय दबू


Monday, September 8, 2025

प्रेसमाथि भएको आक्रमणप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण

 


मिति ः २०८२ भदौ २३ सोमबार  

(नेपाल संवत् ११४५ ञंलागा प्रतिपदा)


प्रेस विज्ञप्ति

जेनजी युवाहरूको आन्दोलनमा सरकारको चरम दमन पश्चात् भएको मानवीय क्षति र आन्दोलनको क्रममा प्रेसमाथि भएको आक्रमणप्रति देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण भएको छ । मिति २०८२ भदौ २३ गते सोमबार काठमाडौंमा भएको आन्दोलनको समाचार रिपोर्टिङ गर्ने क्रममा विभिन्न सञ्चारगृहमा आवद्ध रहेका सञ्चारकर्मीहरु क्रमशः श्याम श्रेष्ठ, दिपेन्द्र ढुंगाना तथा उमेश कार्की घाइते हुनु दुःखद विषय हो । 

नेपालको संविधानको प्रस्तावनामै उल्लेख भएको अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ काममा खटिएका सञ्चारकर्मीप्रतिको आक्रमणको घटना निन्दनीय छ । घाइते भएका पत्रकारहरूको निःशुल्क उपचार गराउनुपर्ने माग गर्दै स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण सञ्चारकर्मीहरुप्रति सहानुभूति व्यक्त गर्दछौं ।

साथै सरकारले नियमन गर्नुपर्ने सामाजिक सञ्जाल बन्द गरेको निर्णयको भत्र्सना गर्दछौं । प्रेसलाई राज्यको चौथो अंगको रूपमा मान्यता दिएको सन्दर्भमा सरकारले पत्रकारहरूको सुरक्षाको जिम्मेवारी बहन गर्नुपर्ने हो । तर त्यसो हुनसकेन । त्यसैले पत्रकारलाई आक्रमण गर्ने दोषी पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गर्दछौं । 

केके मानन्धर
महासचिव
नेवाः पत्रकार राष्ट्रिय दबू

Saturday, July 12, 2025

विद्युतीय सञ्चार माध्यम अन्तर्गत रेडियोमा सबभन्दा बढी समाचार वाचन गर्ने रचना श्रेष्ठ

विद्युतीय सञ्चार माध्यम अन्तर्गत रेडियोमा सबभन्दा बढी समाचार वाचन गर्ने रचना श्रेष्ठ

असार २८, केके मानन्धर ।

रचना श्रेष्ठ नेपालभाषा समाचार वाचिकाको रुपमा सबभन्दा बढी सेवा गर्ने नेपालकै पहिलो महिला हुन् । विद्युतीय सञ्चार माध्यमको रुपमा रहेको नेपालको सरकारी सञ्चार संस्था रेडियो नेपालमा २०५० देखि नियुक्ती पाएर आजको दिनसम्म काम गरिरहनु भएकी छन् । याे समय गणना गर्दा उहाँले समाचार वाचन गरेकाे समयावधि ३२ वर्ष हुन्छ । नियुक्ति पाएकाे केही समय पश्चात् श्रेष्ठले आफ्नो आकर्षक आवाजलाई पहिलो पटक रेडियोमार्फत सञ्चार गरेकी थिइन् । यसअघि सबैभन्दा बढी समयसम्म समाचार वाचन (विशेष गरी रेडियोमा) गर्ने नेपाली महिला कृष्णा ताम्राकार थिइन् । उहाँले वि.सं. २०१८ जेठ २४ देखि २०४९ सम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । कृष्णा ताम्राकारले करिब ३१ वर्ष समाचार वाचन गरेकाे इतिहास छ  ।

वरिष्ठ सञ्चारकर्मी रचना श्रेष्ठको थप विवरणः

१) २०५५ भदौ ५ गते रेडियो नेपालमा स्थायी नियुक्ती ।

२) २०६५ सालमा सम्पादक पदमा बढुवा भएर हालसम्म कार्यरत ।

३) २०७१ देखि २०७६ सम्म नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाकी अध्यक्ष ।

४) देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूमा २०७६ देखि उपाध्यक्ष तथा विभिन्न पदाधिकारी पदमा कार्यरत ।

५) नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)की केन्द्रीय सदस्य ।

६) नेपाल पत्रकार महासंघकी सदस्य ।

Saturday, June 14, 2025

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न


सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले अायाेजना गरेकाे दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
दुईदिने सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत नेपालको संविधानले सुनिश्चित गरेको बहुल समाजभित्रको एकतालाई व्यवहारमा लागू गर्न सकिने बताउनुभयो । उहाँले सरकारी सञ्चार माध्यममा भाषाभाषीका समाचार प्रकाशन र प्रशारण हुँदै आएको सन्दर्भ जोड्दै यसमा थप समृद्ध गर्नुपर्ने विचार राख्नुभयो ।
त्यस्तै, भक्तपुरको थिमि बैंक्वेटमा सम्पन्न भएको दोस्रो दिनको सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले मातृभाषा संरक्षण गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालयस्तरमा मातृभाषाको अध्यापन गर्नको लागि नगरपालिकाले तयारी गरिरहेको समेत मेयर श्रेष्ठले बताउनुभयो ।
‘नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रकारिता सुरु गर्नुभएको १०१ वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरेका हौं । सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुभएको छ ।’ पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले बताउनुभयो ।
करिब ५० विदेशी पत्रकार तथा सय जना नेपाली पत्रकारहरु समिल्लित रहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सार्क जर्नलिष्ट फोरम र फोनिजले सहकार्य गरेको थियो ।
सम्मेलनमा नेपाल लगायत विश्वव्यापी रहेको मातृभाषा पत्रकारिताको चुनौती, अवसर र भविष्यका सम्भावनाहरूमा केन्द्रीत रहेर विभिन्न चरणमा प्यानल छलफल गरेको थियो । गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले नेपालको सरकारी सञ्चार गृहमा मातृभाषाको पत्रकारिताको अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल, भारत र बंगलादेशका गरी पाँच जना वरिष्ठ सञ्चारकर्मीहरुलाई नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको थियो । यसअघि सन् २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन, सन् २०१८ र २०२२ मा राष्ट्रिय सम्मेलन गरेको थियो ।
तपसिल एजेन्डामा छलफल भएको थियो ।

१) मातृभाषा संरक्षणका लागि पत्रकारिता ।
२) मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति ।
३) सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको उपलब्धि ।
४) धर्मादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता ।
५) बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका ।
६) मातृभाषा पत्रकारिता विकासमा संस्थागत भूमिका ।
७) मातृभाषा पत्रकारितामा बजार व्यवस्था ।
सम्मानित हुने व्यक्तित्वहरुः
१) मल्ल के सुन्दर २) गणेश राई ३) अजितमान तामाङ्ग
संस्थागत सम्मान प्रदान गरिने संस्थाहरुः
१) रेडियो नेपाल २) गोरखापत्र ३) राष्ट्रिय समाचार समिति ४) नेपाल टेलिभिजन ५) प्रेस काउन्सिल नेपाल
घोषणा पत्र तपसिल रहेको छ ।
दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको काठमाडौँ घोषणापत्र नेपाल संवत् ११४५ (२०२५ ईस्वी संवत्)

नेपाल भाषा पत्रिका “बुद्ध धर्म वो नेपालभाषा“ को प्रकाशनको १०१ वर्षको इतिहास मनाउँदै नेवाः पत्रकार राष्ट्रिय दबू, नेपालद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको काठमाडौँ (ललितपुर–थिमी) घोषणापत्र हो। यो सम्मेलन सार्क पत्रकार मञ्च र नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहयोगमा नेपाल संवत ११४५ तछलागा २–३ (बि.स. २०८२ जेष्ठ ३०–३१÷१३–१४ जुन २०२५) मा आयोजना गरिएको हो। मातृभाषाहरू विश्वबाट दिनप्रतिदिन लोप हुँदै गएको सन्दर्भमा, यस वर्ष “मातृभाषा संरक्षणका लागि पत्रकारिता“ भन्ने नाराका साथ यो सम्मेलन आयोजना गरिएको हो, मातृभाषा संरक्षणमा पत्रकारिता क्षेत्रको जिम्मेवारीलाई मान्यता दिँदै। सम्मेलनले नेपालका पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) लाई सम्झना ग¥यो, जसले नेपाल भाषामा ’बुद्धधर्म वो नेपालभाषा’ प्रकाशित गरेर मातृभाषा पत्रकारिता सुरु गरेका थिए। यो घोषणापत्र २०१८ र २०२२ मा आयोजित पहिलो र दोस्रो राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन र २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको सन्दर्भ पनि हो।

हामी, पत्रकार, मिडिया पेशेवर, विद्वान र सार्क देशका प्रतिनिधिहरू, ल्ँल्व् को संयुक्त पहलमा सार्क पत्रकार मञ्च र ँइल्क्ष्व् को सहयोगमा काठमाडौँ, नेपालमा आयोजना गरिएको मातृभाषा पत्रकारिता सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइरहेका छौं, भाषिक विविधता संरक्षण, समावेशी शासन प्रवद्र्धन र सीमान्तकृत समुदायको आवाजलाई बढावा दिन मातृभाषा पत्रकारिताको महत्त्वपूर्ण भूमिकालाई मान्यता दिँदै। मातृभाषा र आदिवासी भाषाहरूमा पत्रकारिताले लोकतान्त्रिक सहभागितालाई बलियो बनाउँछ, सामुदायिक विकास बढाउँछ र सांस्कृतिक सम्पदाको संरक्षण गर्छ भन्ने कुरा स्वीकार गर्दै। दिगो विकास लक्ष्य (क्म्न्क) का प्रतिबद्धताहरू, विशेष गरी गुणस्तरीय शिक्षा, शान्ति, न्याय र बलियो संस्थाहरू र असमानता न्यूनीकरणसँग सम्बन्धित, सम्झँदै। सम्मेलनको उद्घाटन र मन्तव्य र ऐक्यबद्धता व्यक्त गर्नुभएकोमा नेपाल प्रतिनिधि सभाका सभामुख माननीय देवराज घिमिरेप्रति कृतज्ञता व्यक्त गर्दै।


यस घोषणापत्र र सिफारिसहरू ७ बुँदे घोषणापत्रलाई यसैसाथ स्वीकार गर्नुहोस् र दक्षिण एसियाका सबै सरकारहरू र सरोकारवालाहरूलाई आह्वान गर्नुहोस्ः
१। उहाँको उत्कृष्ट योगदानको कदर गर्दै, धर्मादित्य धर्माचार्यलाई नेपाल सरकारले विधिवत सम्मान र मान्यता दिनुपर्छ।

२। राज्य समर्थन र नीतिगत प्रतिबद्धता नेपाल सरकार लगायत सार्क सरकारका प्रमुखहरूलाई मातृभाषामा काम गर्ने पत्रकारहरूको अधिकारको रक्षा गर्ने मिडिया नीतिहरू तर्जुमा र लागू गर्न र स्थानीय तथा आदिवासी भाषाहरूमा सञ्चालित मिडिया आउटलेटहरूको विकास र दिगोपनका लागि बढ्दो बजेट सहयोग विनियोजन गर्न आग्रह गरिएको छ।

३। सरकारले आदिवासी तथा आदिवासी भाषाहरूमा पत्रकारितालाई सामाजिक न्याय र सांस्कृतिक संरक्षणको उपकरणको रूपमा मान्यता दिनुपर्छ र प्रवर्द्धन गर्नुपर्छ, यी समुदायहरूलाई आफ्नो आवाज उठाउन र सान्दर्भिक समाचार र जानकारीमा पहुँच गर्न प्लेटफर्महरू छन् भनी सुनिश्चित गर्नुपर्छ।

४। मातृभाषामा काम गर्ने पत्रकारहरूका लागि नियमित प्रशिक्षण कार्यक्रम, कार्यशाला र फेलोशिपहरू आयोजना गर्न तत्काल कदम चाल्नुपर्छ।

५। संयुक्त राष्ट्र संघ, युनेस्को, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र विकास साझेदारहरूलाई आफ्नो विकास एजेन्डा र कोष प्राथमिकताहरूमा मातृभाषा पत्रकारिता समावेश गर्न, प्राविधिक सहयोग, क्षमता निर्माण समर्थन, र तल्लो तहका मिडिया पहलहरूको लागि स्रोत परिचालन प्रदान गर्न आह्वान गरिएको छ।

६। विश्वविद्यालयहरू, मिडिया संस्थाहरू र अनुसन्धान निकायहरूले यस क्षेत्रमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, चुनौतीहरू र सम्भावनाहरूको बारेमा व्यापक अध्ययन गर्नुपर्छ र सरकारहरू र प्रविधि प्लेटफर्महरूले अनलाइन मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्न डिजिटल उपकरणहरू, फन्टहरू र भाषा अनुवाद प्रशोधन प्रविधिहरूमा लगानी गर्नुपर्छ र स्थानीय मिडिया आउटलेटहरूलाई मातृभाषामा डिजिटल ढाँचामा संक्रमण गर्न सहयोग दिनुपर्छ।

७। मातृभाषा पत्रकारिताको प्रवर्द्धनका लागि काम गर्ने राष्ट्रिय र क्षेत्रीय पत्रकार संघहरूलाई मान्यता दिइनुपर्छ र उनीहरूको पहुँच र वकालत विस्तार गर्न आर्थिक रूपमा सहयोग गरिनुपर्छ। निष्कर्षस् हामी, सहभागीहरू, हाम्रो मातृभाषामा पत्रकारिता डिजिटल युगमा मात्र बाँच्दैन तर फस्टाउँछ भन्ने कुरा सुनिश्चित गर्न सहकार्य गरेर काम गर्ने हाम्रो संकल्प दोहोर्याउँछौं। हामी सबै सरोकारवालाहरूलाई यी शब्दहरूलाई कार्यमा रूपान्तरण गर्न आह्वान गर्छौं ताकि दक्षिण एसियाका विविध आवाजहरूले स्वतन्त्र र निर्भयतापूर्वक बोल्न, रिपोर्ट गर्न र प्रेरणा दिन जारी राख्न सकून्। 
हस्ताक्षरकर्ता 
१। नृपेन्द्र लाल श्रेष्ठ अध्यक्ष नेवा: पत्रकार राष्ट्रिय दबू (नेपाल) 
२। राजु लामा अध्यक्ष सार्क जर्नलिस्ट फाेरम (नेपाल) 
३। लक्की चौधरी अध्यक्ष फोनिज (नेपाल)
४। मोहम्मद अब्दुर रहमान महासचिव सार्क जर्नलिस्ट फाेरम (बंगलादेश) 
५। डा. शशिभूषण कुमार अध्यक्ष सार्क जर्नलिस्ट फाेरम, बिहार (भारत)

काठमाडौं, नेपालमा अपनाइएको जुन १४, २०२५