Monday, August 27, 2018

पत्रकार आचरसंहिता अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा र नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा भदौ ७ गते विहिवार संचारग्रामस्थित प्रेस काउन्सिलको सभाहलमा भएको काउन्सिलसंग पत्रकार, पत्रकार आचरसंहिता अभिमुखिकरण कार्यक्रम । प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालले पत्रकार आचर संहिताको बारेमा प्रस्तूत गर्नु भएको थियो । कार्यक्रमको आवश्यकता बारे र स्वागत मन्तब्य काउन्सिलका सदस्य सुभेक्षा विन्दुले गर्नु भएको थियो भने प्रेस काउन्सिल र पत्रकारवीचको सम्वन्ध र आचारसंहिता बारे नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले बोल्नु भएको थियो । कान्सिलका कावा अध्यक्ष श्रेष्ठले पत्रकारहरुले अचारसंहिता पालना गर्नुपर्ने बारेमा बोल्नु भएको थियो । पत्रकार दबूका महासचिव सुनिल महर्जनले संचालन गर्नु भएको सो कार्यक्रममा पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सचिव केके मानन्धर, केन्द्रीय सदस्य रचना श्रेष्ठ लगायत विभिन्न संचारगृहमा आबद्ध भएका पत्रकारहरुको उपस्थिति रहेको थियो ।






No comments:

Post a Comment