२०७६ माघ २२ बुधबार
काठमाडौं/प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस स्वतन्त्रतालाई राज्यले कुनै पनि बहानामा नियन्त्रण गर्न नपाइने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले समग्र पत्रकारिता क्षेत्रमा नै चिन्ता पैदा भइरहेको समयमा भाषिक पत्रकारिता क्षेत्र झनै चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो । प्रजातन्त्र लोकतन्त्र आएपनि भाषिक पत्रकारिता क्षेत्रको विकास हुन नसकेको वरिष्ठ पत्रकार मानन्धरले बताउनुभयो ।