Showing posts with label pressrealease. Show all posts
Showing posts with label pressrealease. Show all posts

Monday, September 18, 2017

प्रेस विज्ञप्ती - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (२८ भदौ २०७४)



नेपाल सरकारले राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्न लागेको जानकारी पाउँदा हामीलाई ज्यादै खुशी लागेको छ । आमसंचार राष्ट्रिय प्रतिष्ठान गठन गर्ने सरकारी तयारीको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्वागत गर्दछ । 

तर, जसरी सरकारले पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको इतिहासलाई बंग्याएर पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मानी उहाँको नाममा प्रतिष्ठान गर्न लागेको भनी आएको समाचारप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ । यो सम्मानित नेता भट्टराईकै अपमान पनि हो । 

फोनिज आमसंचार प्रतिष्ठान सम्मानित नेता भट्टराईको नाममा गठन गर्ने सरकारी तयारी प्रति कडा आपत्ति जनाउँदै महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्न नेपाल सरकारसँग माग गर्दछ । 

साथै, सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष भएको इतिहासको बंग्याइलाई तत्काल सच्याउन नेपाल सरकार तथा नेपाल पत्रकार महासंघसँग फोनिज माग गर्दछ । 

नेपाल पत्रकार महासंघको संस्थापकको विवादित विषय नटुंग्याई सन्तनेता भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गरिए फोनिज त्यसविरुद्ध संघर्षमा उत्रने छ ।
 
२८ भदौ २०७४

गजुरधन रार्इ
महासचिव

प्रेस विज्ञप्ती - नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको सम्बन्धमा

सरकारले कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गर्न लागेको समाचारले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको एक घटक एवं देशभरका नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकारहरुको सीप, तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न लागेकोमा देशभरका नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू सहर्ष स्वागत गर्दछौं । प्रतिष्ठानको स्थापनाले आमसञ्चार सम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणद्वारा पत्रकारिताको उच्चतम व्यावसायिक अभ्यास, पत्रकारिता पेशालाई व्यावसायिक र मर्यादित बनाउन स हयोग पु¥याउनेमा कसैको दुईमत हुन सक्दैन । २००८ सालमा स्थापित नेपाल पत्रकार महासंघलाई २०१२ सालमा पुनःगठन भएपछि अध्यक्ष हुनुभएका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानी उहाँको नाममा नाममा प्रतिष्ठान गर्न लागेको समाचारप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर असहमति प्रकट गर्दछौं ।

यसरी असहमति प्रकट गर्दा मुलुकको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, राजनीतिमा आदर्श र निष्ठाका पर्यायका रुपमा रहनुभएका सम्मानित नेता स्वर्गीय भट्टराईको अपमान गर्न खोजेको पटक्कै होइन । स्वर्गीय भट्टराई आधुनिक नेपालको लोकतान्त्रिक चेतना, त्याग र जागरणमा सम्मानित र अनुकरणीय राजनेता हुनुहुन्छ । इतिहासको तथ्य बंग्याएर मात्र सन्त नेता कृष्णप्रसाद भट्टराईको वास्ताविक रुपमा सम्मान नहुने यस पत्रकार दबूको मुलभूत मान्यता रहेको छ ।

त्यसैले आमसंचार प्रतिष्ठान सम्मानित नेता भट्टराईको नाममा गठन गर्ने सरकारी तयारी प्रति कडा आपत्ति जनाउँदै महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाममा राष्ट्रियआमसंचार प्रतिष्ठान गठन गर्न नेपाल सरकारसँग माग गर्दै साथै सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष भएको इतिहासको बंग्याइलाई तत्काल सच्याउन नेपाल सरकार तथा नेपाल पत्रकार महासंघसँग नेवाः पत्रकार राष्ट्रिय दबूको माग गर्दछौं । 

नेपाल पत्रकार महासंघको संस्थापकको विवादित विषय नटुंग्याई सन्तनेता भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गरिए नेवाः पत्रकार राष्ट्रिय दबू त्यसविरुद्ध संघर्षमा उत्रने छ । यस्तो अवस्था नआओस् भन्नेतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छौं ।

श्रीकृष्ण महर्जन सुनील महर्जन
अध्यक्ष महासचिव

नेपाल संवत् ११३७ ञलागाः ९
विसं २०७४ भदौं २९ गते