Monday, September 18, 2017

प्रेस विज्ञप्ती - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (२८ भदौ २०७४)



नेपाल सरकारले राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्न लागेको जानकारी पाउँदा हामीलाई ज्यादै खुशी लागेको छ । आमसंचार राष्ट्रिय प्रतिष्ठान गठन गर्ने सरकारी तयारीको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्वागत गर्दछ । 

तर, जसरी सरकारले पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको इतिहासलाई बंग्याएर पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मानी उहाँको नाममा प्रतिष्ठान गर्न लागेको भनी आएको समाचारप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ । यो सम्मानित नेता भट्टराईकै अपमान पनि हो । 

फोनिज आमसंचार प्रतिष्ठान सम्मानित नेता भट्टराईको नाममा गठन गर्ने सरकारी तयारी प्रति कडा आपत्ति जनाउँदै महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्न नेपाल सरकारसँग माग गर्दछ । 

साथै, सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार महासंघको संस्थापक अध्यक्ष भएको इतिहासको बंग्याइलाई तत्काल सच्याउन नेपाल सरकार तथा नेपाल पत्रकार महासंघसँग फोनिज माग गर्दछ । 

नेपाल पत्रकार महासंघको संस्थापकको विवादित विषय नटुंग्याई सन्तनेता भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गरिए फोनिज त्यसविरुद्ध संघर्षमा उत्रने छ ।
 
२८ भदौ २०७४

गजुरधन रार्इ
महासचिव

No comments:

Post a Comment