Monday, September 2, 2019

नेवाः पत्रकार काभ्रेमा सिद्धिबहादुर कर्माचार्यको नेतृत्व

Newly elected Kavre committee, NFNJ

भदौ १४, शनिबार

नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखामा सिद्धिबहादुर कर्माचार्यको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । उपाध्यक्षमा सोमकाजी शाक्य, सचिव शम्भुलाल श्रेष्ठ, सह सचिव –महिला) राज्यलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष निरञ्जुल कायष्थ, सदस्यहरुमा तयुकाजी ताम्राकार, सुरेन्द्र कुमार श्रेष्ठ, विकुनारायण ताम्राकार र प्रशान्त श्रेष्ठ निर्वाचित भएका छन् । पनौतीस्थित ज्ञानविकास सामुदायिक पुस्तकालयको हलमा सम्पन्न तेस्रो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सदस्य रचना श्रेष्ठ, नविन जोशी र विजय कर्माचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा काभ्रे जिल्लामा सक्रिय संचारकर्मीहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । नेवाः समाजको मुद्दालाई संचार माध्यममा प्राथमिकता दिलाउनेदेखि समावेशी संचार, ब्यावसायीक पत्रकारिता, मातृभाषा पत्रकारिताका लागि संगठित हुन आह्वान गरिएको छ ।

यसअघि भक्तपुर, चितवन र काठमाडौं जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । देशभर २५ जिल्लामा शाखा बनाइ सकेको दबूले अन्य जिल्लामा पनि अधिवेशन गर्न निर्देशन दिएको छ । देशभरका शाखामा अधिवेशन गराएर नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रले कात्तिक ३० गते काठमाडौंमा तेस्रो महाधिवेशनको तयारी थालेको अध्यक्ष श्रीकृष्ण महर्जनले जनाए ।

थप तस्बिरहरुः





Source:kirtionline.com
Photo: KK Manandhar

No comments:

Post a Comment