Tuesday, November 5, 2019

नेवाः पत्रकार गोरखा शाखामा नयाँ नेतृत्व


नेवाः पत्रकार राष्ट्रिय दबू गोरखाले भीमसेन बाबु श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यही शानिबार सम्पन्न दबूको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नेतृत्वमा आएका अन्य पदाधिकारीहरुमा सचिव भीमलाल श्रेष्ठ, कोषाध्यक्ष निर्मल श्रेष्ठ र सदस्यहरूमा सगरमाथा आरोही महिला पत्रकार पूर्णिमा श्रेष्ठ र विमल श्रेष्ठ रहेका छन् । 


यसै अवसरमा मनासलु तथा सगरमाथा आरोही महिला पूर्णिमा श्रेष्ठलाई सम्मान गरियो । सफलतापूर्वक दुई हिमाल चढेकोमा बधाई ज्ञानप तथा सम्मान गरिएको हो । सोही अवसरमा दुई हिमालको सफल आरोहण पछि उनले गर्न लागेको ‘ग्रेट हिमालयन ट्रेल’को पनि सफलताको कामना गरियो ।

साभारः खबर सेन्टर डट कम
प्रकाशित मिति : आइतवार, भदौ २९, २०७६


No comments:

Post a Comment