विधान

नेवाः पत्रकार राष्ट्रिय दबूको विधान — २०६९ (ने.सं. ११३२)

प्रस्तावना:
स्वतन्त्र प्रेस जगतको रक्षाको लागि पत्रकारिताको गहनतम् जिम्मेवारी पूरा गर्दै नेपालभर आमसंचारमा कार्यरत नेवाः सञ्चारकर्मिहरुलाई एक सुत्रमा आवद्ध गरी राष्ट्रिय विकासको प्रवाहमा संलग्न गराउनु वाञ्छनीय हुनुका साथै प्राचिनकाल देखिनै नेवाः जातिले बोलिने नेपालभाषाको समृद्ध विकास, यसको संरक्षण र सम्बर्द्धन गरी राष्ट्र भाषाको रुपमा संवैधानिक मान्यता प्राप्त यस भाषालाई निरन्तरता दिंदै भाषिक महत्व बारे नेपालको संविधानद्वारा घोषित प्रावधानलाई आत्मासात गरी मानव सभ्यताको सामाजिक विकासक्रममा अन्तरनिहित भाषिक महत्वलाई टेवा पुर्याउँदै पत्रकारिताको माध्यमबाट नेपालभाषाको युगान्तकारी महत्वलाई निरन्तरता कायम गराउने, अन्तर्राष्ट्रिय जगतमा पत्रकारिता क्षेत्रमा क्रियाशील संघ, संस्था तथा व्यक्तिहरुसँग मधुर सम्वन्ध कायम गर्दै नेपाल पत्रकार महासंघले अबलम्वन गरेको श्रमजिवी पत्रकार ऐन र नियमावली समेतलाई अबलम्वन गर्दै नेवाः पत्रकारहरुको हक हितको संरक्षण गर्न नेपाल सरकारको स्वीकृति लिई यो विधान जारी गरिएको छ ।

परिच्छेद १
प्रारम्भिक

१. संस्थाको नाम :
यस संस्थाको नाम नेवाः पत्रकार राष्ट्रिय दबू रहनेछ । अंग्रेजीमा National Forum of Newa Journalists   रहनेछ । छोटकरीमा नेपालीमा नेपराद र अंग्रेजीमा NFNJ रहनेछ ।
क) संस्थाको कार्यालय रहने ठेगाना : यस संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १३ कालिमाटीमा रहने छ ।
ख) संस्थाको कार्यक्षेत्र : यस संस्थाको कार्यक्षेत्र नेपाल भर जिल्लाका सम्पूर्ण नगर तथा गा.वि.स. क्षेत्रहरुमा हुनेछ । आवश्यकता अनुसार नेपाल भित्र आफ्नो शाखा कार्यालय तथा कार्य क्षेत्र विस्तार गर्न सकिनेछ ।
ग) प्रारम्भ : यो विधान संस्था दर्ता भएको मिति देखि प्रारम्भ हुनेछ ।
घ) संस्थाको अस्तित्व : यो संस्था एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर–नाफामुलक, गैर–राजनीतिक तथा गैर–सरकारी सामाजिक संस्था हुनेछ ।

२. परिभाषा : 
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा,
क) “विधान” भन्नाले नेवाः पत्रकार राष्ट्रिय दबूको विधानलाई सम्झनुपर्दछ ।
ख) “नेवाः पत्रकार” भन्नाले यस विधान बमोजिम तोकिएको योग्यता पुगेको छापा, प्रसारण तथा अनलाईनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध समाचार संकलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन, पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचार मूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, भाषा सम्पादन एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँदछ ।
ग) “आमसञ्चारमाध्यम” भन्नाले देश भरिमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी र समाचार तथा समाचारमूलक कार्यक्रम उत्पादन तथा अनलाइन सेवाजस्ता आमसञ्चारका माध्यमसमेतलाई जनाउँदछ ।
घ) “संस्था” भन्नाले नेवाः पत्रकार राष्ट्रिय दबूलाई जनाउँदछ ।
ङ) “सदस्य” भन्नाले नेवाः पत्रकार राष्ट्रिय दबूको बिधानको दफा ६ बमोजिमको सदस्यता प्राप्त गरेका व्यक्तिलाई जनाउँदछ ।
च) “केन्द्रीय समिति” भन्नाले विधानको दफा १६ बमोजिमको संस्थाको केन्दीय समितिलाई जनाउँदछ ।
छ) “शाखा” भन्नाले विधानको दफा २५ बमोजिम शाखालाई जनाउँदछ ।
ज) “सभा” भन्नाले यस विधान बमोजिम बसेको कार्यकारिणी सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
झ) पदाधिकारी भन्नाले संस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
ञ) नियम, विनियम भन्नाले यस विधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउँछ ।
ट) स्थानीय अधिकारी भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँदछ ।
ठ) तोकिएको वा तोकिए बमोजिम भन्नाले यो विधान र यस विधान अन्तर्गत बनेको नियम विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।

३. संस्थाको छाप र चिन्ह :
प्रचलित व्यवस्थाको प्रतिकूल नहुने गरी संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह अनुसूचि –२ बमोजिमको ढाँचामा हुनेछ । तर संस्थाको नाम छाप र चिन्ह पूर्व दर्ता भएको कुनै संस्थासँग मेल खाएमा संशोधनको प्रक्रियाद्वारा तुरुन्त संशोधन गरीने छ ।

परिच्छेद २
उद्देश्य

४. संस्थाको उद्देश्य :
संस्थाको उद्देश्य देहाय बमोजिम रहने छ ।
(क) सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने ।
(ख) नेवाः श्रमजिवी पत्रकारहरुको उचित श्रम अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने ।
(ग) नेवाः पत्रकारहरुलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक अधिकार प्रवर्द्धन तथा संरक्षण गर्न क्रियाशील रहने ।
(घ) राष्ट्र, समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवर्द्धनका निम्ति सक्रिय रहेन ।
(ङ)  प्रेस स्वतन्त्रताको प्रतिरक्षाका लागि आवश्यक कामहरु गर्ने ।
(च) पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयहरुमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठी, अन्तक्रिया, प्रशिक्षणलगायत अन्य विभिन्न रचनात्मक गतिविधिहरु सञ्चालन गर्ने र पुस्तक, पत्रपत्रिका, कार्यक्रम तथा प्रतिवेदन प्रकाशन वा उत्पादन गर्ने ।
(छ) पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ, संस्थाहरुसँग प्रतिनिधिहरु आदानप्रदान गर्ने ।
(ज) नेवाः समूदायहरुको हकहित सम्बन्धि मुद्धाहरु सञ्चार माध्यमहरुबाट प्रचार प्रसार गर्ने/गराउने ।
(झ) नेपालभाषाको, संरक्षण र सम्वर्द्धनमा पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याउने स्वदेशी तथा विदेशी व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्ने, यस भाषाको विकास र संरक्षण सम्वन्धमा अन्तर्राष्ट्रिय सन्धी–सम्झौता तथा घोषणापत्रद्वारा प्रत्याभूत भाषिक तथा साँस्कृतिक अधिकारहरुको सम्वन्धमा जनस्तरसम्म चेतना अभिवृद्धि गराउन राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरुमा सम्वन्ध र सम्पर्क गरि आवश्यक छलफल अन्तरक्रिया, गोष्ठी, तालिम, प्रशिक्षण र भेलाको आयोजना गर्ने ।
(ञ) नेवाः समूदायको पहिचान भाषा, लिपि, धर्म संस्कृति र परम्पराको जर्गेना गर्ने गराउनेमा पत्रकारिताको माध्यमबाट सहयोग गर्ने ।
(ट) बिभिन्न सञ्चार माध्यमहरुमा महत्वपूर्ण योगदान दिएका व्यक्ति, संघ–संस्थाहरुलाई प्रोत्साहन गर्ने गराउने ।
(ठ) उपरोक्त उद्देश्यसँग सम्वन्धित अन्य कार्यहरु गर्ने ।

५. संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु :
यस संस्थाको उपरोक्त उद्देश्यहरु प्राप्त गर्न देहायका कार्यहरु गर्नेछ ।
क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्ना उद्देश्यहरु कार्यान्वयन गर्नेछ ।
ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्यूटर, टेलिफोन, टाइपराइटर, फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तीनको सेवा सर्तहरु निर्धारण गर्नेछ ।

परिच्छेद ३
सदस्यता

६. सदस्यहरुको वर्गिकरण :
यस संस्थाका देहाय बमोजिम ३ (तीन) प्रकारका सदस्यहरुको वर्गीकरण गरिएको छ ः
क) सदस्य :
यस संस्थाको सदस्यता पाउँ भनि निवेदन दिने व्यक्तिहरुलाई यस विधानको दफा १० को व्यवस्थाअनुसार प्रारम्भिक सदस्यता प्रदान गरिनेछ ।
१) यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नेवाः समुदायका नागरिकले तोकिएको प्रकृया अन्तर्गत रहि आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुने छन् ।
२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि यस संस्थाले देश भित्र र अन्य मुलुकको विभिन्न स्थानहरुमा यस संस्थाको केन्द्रीय कार्यालय, संयोजक, प्रतिनिधि वा कार्यक्रम संयोजक मार्फत सदस्यता वितरण गर्ने छ । त्यस्तो सदस्यता प्रदान गर्दा वहालवाला कुनै एक सदस्यको सिफारिस अनिवार्य हुनेछ ।
ख) संस्थापक सदस्य :
यस संस्था दर्ता हुँदाका बखतका पदाधिकारीहरु संस्थापक सदस्य हुने छन् । संस्थापक सदस्यहरुले साधारण सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
ग) सम्मानार्थ सदस्य :
कुनै पनि लब्ध प्रतिष्ठित र संस्थाप्रति आस्थावान स्वदेशी तथा विदेशी नागरिकलाई कार्यसमितिले सम्मानार्थ सदस्य प्रदान गर्न सक्नेछ र निज सम्मानार्थ सदस्यको रुपमा यस संस्थामा अभिलेख गरिनेछ । तर, निजलाई साधारण सदस्य सरह मताधिकार र निर्वाचित हुने हक प्राप्त हुने छैन ।

७. सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता :
यस संस्थाको सदस्यको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
क) यस संस्थाको सदस्यता लिन चाहने नेवाः पत्रकार एवं सञ्चारकर्मीहरुले आफु क्रियाशिल रहेको शाखामा योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पत्रकारितामा निरन्तरता र क्रियाशिलको प्रमाण वा आफु कार्यरत संस्थाको नियुक्तिपत्र प्रस्तुत गर्नु पर्नेछ ।
(ख) आवेदन आफु समक्ष आएपछि शाखाले छानविन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिस गर्नु पर्नेछ । केन्द्रीय समितिले सिफारिस प्राप्त भएको ३ महिना भित्र सदस्यताको टुंगो लगाइसक्नु पर्नेछ ।
(ग) सदस्यतामा विवाद उत्पन्न भएमा केन्द्रीय समितिले छानविन गर्न सक्नेछ । यसरी छानविन गर्दा योग्यता वमोजिम सदस्य नहुनेलाई सदस्य बनाएको वा योग्यता हुँदाहुँदै सदस्य बन्नबाट वञ्चित गरिएको पाईएमा त्यस्तो शाखा तथा त्यस कार्यमा संलग्न जिम्मेवार पदाधिकारी वा सदस्यउपर छानविन गर्न सक्नेछ । यस्तो कारबाहीमा त्यस्तो शाखाको समितिलाई सचेत, निलम्बन, भंग वा कुनै सदस्यको सदस्यता निलम्बन वा समाप्त गर्न सकिनेछ । तर यस्तो कुनै प्रकारको निर्णय लिनुअघि सफाईको मौका दिईनेछ ।
(घ) कुनै शाखा भंग भएमा केन्द्रीय समितिले तत्काल तदर्थ समिति गठन गरी तीन महिनाभित्र दफा १३ बमोजिम गठन गरिसक्नु पर्नेछ । निलम्बन गरिएको सदस्यले निलम्बनको अवधिभर नयाँ समिति गठनका लागि भएको चुनावमा उम्मेदवार हुन वा मतदान, गर्न पाउने छैन ।
(ङ) केन्द्रिय समितिले उपयुक्त ठानेको सञ्चार क्षेत्रमा योगदान पू¥याएका समाजसेवी विशिष्ठ व्यक्ति तथा प्रतिष्ठित नेपाली तथा विदेशी नागरिकहरुलाई सम्मानार्थ सदस्य प्रदान गर्न सक्नेछ ।
(च) नयाँ सदस्यताका लागि आवेदन लिने र स्वीकृत गर्ने कार्य केन्द्रीय समितिको निर्वाचन हुनु भन्दा ६ महिना पहिले भईसक्नु पर्नेछ । निर्वाचन सम्पन्न भएदेखि अर्को निर्वाचन हुनुभन्दा ६ महिना अघिसम्म जुनसुकै वेला पनि संस्थाको सदस्यताको लागि आवेदन दिन सकिनेछ ।

८. संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था :
देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यताको सदस्य पद प्राप्त गर्न सक्ने छैन ।
क) गैर नेवाः नागरिक ।
ख) १६ वर्ष उमेर पुरा नगरेको ।
ग) मगज बिग्रेको वा बौलाएको ।
घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहरेको ।
ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय पाएको ।
च) सम्बन्धित संस्थाको व्यवसायमा निजी स्वार्थ भएको ।
छ) साहुको दामासाहीमा परेको ।
ज) कुनै प्रकारको चोरी, ठगी, किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको ।

९. सदस्यताको समाप्ति :
१) देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको वहाल रहनेछैन ।
क) यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
ख) साधारण सभाको ७५ प्रतिशतको सदस्यहरुको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पारित गरेमा ।
ग) सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।
घ) संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
च) सदस्यता शुल्क बुझाउन बाँकी भएमा ।
छ) संस्था विघटन भै खारेज भएमा ।
२. कुनै व्यक्ति संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई, सफाईको सवुद पेश गर्ने मौका दिइने छ ।

१०. सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि :
यस विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिमको उपदफामा तोकिएको शुल्क तिरी सदस्यता प्राप्त गर्न सक्नेछन् ।
यस विधानले सदस्यताको लागि तोके बमोजिमको योग्यता पुगेका व्यक्तिले यस संस्थाको सदस्यता पाउँ भन्ने व्यहोराको आवेदन जिल्ला शाखा समक्ष पेश गर्नु पर्नेछ । यसरी दिएको सदस्यको निवेदन उपर जिल्ला समितिले छलफल गरी उचित ठहर गरेमा सदस्यताको लागि सिफारिश गर्न सकिनेछ । यसरी दिएको सदस्यले ६ महिना सम्मको अवधिको दफा १० (१) अनुसारको सदस्यता प्राप्त गर्नेछ । यसरी सदस्यता प्राप्त गरेका व्यक्तिको कार्य योजना कार्यान्वयनको मूल्यांकन गरी कार्यसमितिले दफा १० (२) मा उल्लेखित व्यवस्था अनुसार साधारण सदस्यता प्रदान गरी साधारण सभामा जानकारी दिनु पर्नेछ ।

१. सदस्य :
यस संस्थाको सदस्यताको लागी निवेदन दिने व्यक्तिहरुलाई यस विधानको दफा ६ (क) को व्यवस्थाअनुसार प्रारम्भिक सदस्यता प्रदान गरिनेछ । देहायका व्यक्तिहरु यस संस्थाको सदस्य हुन योग्य हुनेछन् ।
(क) यस विधानको परिच्छेद १ दफा २ को (ख) अनुसार बर्गीकृत पत्रकारहरु यस संस्थाको सदस्य हुन योग्य हुनेछन् । 
(ख) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उतीर्ण गरी एक वर्षदेखि पत्रकारिता/ सञ्चार क्षेत्रमा लागेका नेवाः व्यक्ति ।
(ग) कम्तीमा दुई वर्षसम्म पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत नेवाः हुनु पर्नेछ ।
(घ) प्रवेशिका परीक्षा उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेका नेवाः समुदायका सदस्यहरु तथा व्यक्ति, तर महिला, शारीरिक रुपमा अशक्तहरुको हकमा ६ महिनादेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भए पुग्नेछ ।
(ङ) प्रवेशिका परीक्षा उत्तिर्ण गरी कुनैपनि सञ्चार क्षेत्रमा कार्यगत नेवाः समुदायका सदस्यहरुले सदस्यता प्राप्त गर्न सक्नेछन् ।
(च) माथि उल्लेखति योग्यता पुगेका व्यक्तिहरुले सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत रु. १००।– र वार्षिक शुल्क वापत रु. ५००।– बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिने छ ।
(छ) त्यस्ता साधारण सदस्यले वार्षिक नवीकरण शुल्क रु. १००।– बुझाउनु पर्नेछ । यसरी नवीकरण गरेको दस्तुर वापत प्राप्त रकम ५० प्रतिशत केन्द्रमा पठाउनु पर्नेछ भने ५० प्रतिशत रकम सम्वन्धित शाखामा राख्न सक्नेछ ।
(ज) साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्षको कौलागा आमई (लक्ष्मीपूजा) भित्र नवीकरण गराई सक्नु पर्नेछ र त्यसपछिको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझाई नवीकरण गर्न सक्ने छ ।

२. संस्थापक सदस्य :
(क) यो संस्था दर्ता हुँदाको बखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् ।
(ख) संस्थापक सदस्यहरुले विधानमा उल्लेख भए बमोजिमको शुल्क बुझाई साधारण सदस्यता प्राप्त गर्न सक्ने छन् ।

३. अतिथि सदस्य :
यस संस्थाको उद्देश्य प्राप्तिको लागि विशेष योगदान पू¥याएका विदेशी पत्रकारलाई निजले काम गर्ने अनुमति पाए अवधीसम्मका लागि अतिथि सदस्यता प्राप्त गर्न सकिनेछ ।

४. सम्मानार्थ सदस्य :
केन्द्रिय समिति÷ जिल्ला समितीले उपयुक्त ठानेको सञ्चार क्षेत्रमा योगदान पू¥याएका समाजसेवी विशिष्ठ व्यक्ति तथा प्रतिष्ठित पत्रकारहरुलाई सम्मानार्थ सदस्य प्रदान गर्न सक्नेछ । तर, निजलाई साधारण सदस्य तथा आजीवन सदस्य सरह मताधिकार र निर्वाचित हुने हक प्राप्त हुने छैन ।
५. कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को कारण सहितको जानकारी आवेदकलाई दिईने छ ।
६. सबै सदस्यहरुले यस विधान र विधान अन्तर्गत बनेको नियम र विनियम बमोजिम भएको व्यवस्थाको पालना गर्नुपर्ने छ ।
७. संस्थाले प्रदान गरेको उपदफा १, २, र ३ अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका रहने छ ।

परिच्छेद ४
कार्यकारिणी सभा, केन्द्रिय समिति तथा बैठक सम्बन्धी व्यवस्था

११. कार्यकारिणी सभाको गठन :
१. यस संस्थाको विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्यहरु बाहेक अन्य सदस्यहरु संस्थाको कार्यकारिणी सभा गठन हुनेछ । मानार्थ सदस्यहरु आमन्त्रित हुने छन् । साधारण सभा संस्थाको सर्वोच्च अंग हुनेछ । यसले संस्थाको केन्द्रीय समिति चयन, नीति निर्माण तथा कार्यक्रम तय गर्नेछ । यसमा देहायका सदस्यहरु रहनेछन् ।
(क) संस्थाको प्रत्येक शाखा, संस्थाका अध्यक्ष कार्यकारिणी सभाका सदस्य हुनेछन् ।
(ख) संस्थाका प्रत्येक शाखा तथा सदस्यमध्येबाट हरेक ५ सदस्यमध्येबाट १ जनाका दरले निर्वाचित प्रतिनिधिहरु केन्द्रीय सदस्य हुनेछन् ।
(ग) केन्द्रीय समितिका पदाधिकारी, सदस्य र सल्लाहकार ।
(घ) पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गरेका केन्द्रीय समितिले मनोनयन गर्ने बढीमा ११ जना । तर उनीहरु उम्मेदवार हुन पाउने छैनन् ।
(ङ) आमसञ्चारमाध्यमस“ग सम्बन्धित विशेषज्ञलाई संस्था केन्द्रीय समितिको निर्णयले कार्यकारिणी सभामा आमन्त्रित गरी छलफलमा सहभागी गराउन सकिनेछ । तर उनीहरुलाई मतदातको अधिकार हुने छैन ।
(च) जिल्ला शाखाबाट एक एकजना पर्यवेक्षक सहभागी हुनेछन् । उनीहरुलाई मतदानको अधिकार हुने छैन ।

१२. महाधिवेशन र साधारण सभा :
संस्थाको महाधिवेशन तथा साधारणसभा देहाय बमोजिम हुनेछ ।
१. हरेक ३ वर्षमा हुने कार्यकारिणी सभाको बैठक नै महाधिवेशन हुनेछ ।
२. एक महाधिवेशनपछि अर्को महाधिवेशनका बीचमा कम्तीमा एकपटक कार्यकारिणी सभाको बैठक हुनेछ । यसलाई साधारण सभा भनिनेछ ।
३. केन्द्रीय समितिको निर्णय वा कार्यकारिणी सभाका एक तिहाई सदस्यले प्रयोजन खुलाई सभा बोलाइयोस् भनी केन्द्रीय कार्यालयमा लिखितरुपमा माग गरेको खण्डमा तीन महिनाभित्र विशेष कार्यकारिणी सभा बोलाउनु पर्नेछ । यस्तो सभा एक वर्षमा एकपटक भन्दा बढी हुने छैन ।
४. कार्यकारिणी सभाको गणपूरक संख्या ५१ प्रतिशतले हुनुपर्नेछ । कार्यकारिणी सभा हुने तोकिएको दिनमा गणपूरक संख्या नपुगेमा, कम्तीमा २४ घण्टाको सूचना दिई अर्को कार्यकारिणीसभा बोलाउन सकिनेछ । यसरी बोलाईएको सभामा कुल सदस्यको कम्तीमा २५ प्रतिशत उपस्थिति हुनु पर्नेछ । तर तेश्रोपटक बोलाउनु पर्ने अवस्था आएमा कम्तीमा १५ दिनको सूचना दिई सभा बोलाउनु पर्नेछ । यस्तो सभामा उपस्थित सदस्य संख्यालाई नै गणपूरक संख्या मानिनेछ ।
५. कार्यकारिणी सभाका लागि ३० दिनअगावै प्रस्तावसहितको जानकारी यथासम्भव शीघ्र सञ्चारको माध्यमबाट केन्द्रीय समितिले सदस्यहरुलाई दिनु पर्नेछ । तर, विशेष कार्यकारिणी सभा बोलाउनुपर्दा कम्तीमा १५ दिनको सूचना दिनु पर्नेछ । यस्तो सभामा प्रस्तावित विषयमा मात्र छलफल र निर्णय हुनेछ ।
६. कार्यकारिणी सभा वा विशेष कार्यकारिणी सभामा उपस्थित सदस्यको बहुमतबाट पािरत निर्णय कार्यान्वयन गर्नु केन्द्रीय समितिको दायित्व हुनेछ ।
७. कार्यकारिणी सभाको निर्णय पुस्तिकामा अध्यक्ष, महासचिव तथा साधारणसभाले तोकेको कम्तीमा तीन जना सदस्यले हस्ताक्षर गरी प्रमाणित गरेको मूल अभिलेख नै निर्णय मानिनेछ ।
८. केन्द्रीय समितिले आपूmले पेश गर्न पर्ने र सदस्यहरुबाट प्राप्त प्रस्तावहरु अध्ययन गरी कार्यकारिणी सभामा प्रस्तुत गर्नु पर्नेछ ।
९. संस्थाका अध्यक्षले कार्यकारिणी सभाको अध्यक्षता गर्नेछ । तर महाधिवेशनको बन्द सत्रको सञ्चालनका लागि अध्यक्षमण्डल गठन गर्न सकिनेछ ।
१०. कार्यकारिणी सभा र विशेष कार्यकारिणी साधारण सभाको छुट्टा छुट्टै निर्णय पुस्तिका राखिनेछ ।

१३. कार्यकारिणी सभाको काम कर्तव्य र अधिकार :
साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ ।
क) केन्द्रीय समितिले पेश गरेको योजना कार्यक्रमहरु र बार्षिक बजेट पारित गर्ने ।
ख) लेखा परीक्षकबाट प्राप्त भएको वार्षिक लेखा परीक्षण–प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएका अनियमित बेरुजु रकमहरु माथि छलफल गरी नियमित गर्न नमिल्ने बेरुजु रकमहरु असुल उपर गरी फछ्र्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन दिने ।
ग) आगामी वर्षको लागि लेखा परीक्षकको नियुक्ति गर्ने ।
घ) संस्थाको वार्षिक कार्य प्रगति विवरण र संस्थाले गरेको कार्यहरुको मूल्याङ्कन गरी केन्द्रीय समितिलाई आवश्यक निर्देशन दिने ।
ङ) संस्थाको केन्द्रीय समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा केन्द्रीय समितिका पदाधिकारीहरुको विधान बमोजिमको प्रक्रिया अन्र्तगत रही निर्वाचन गर्ने ।
च) केन्द्रीय समितिद्वारा पेश भएको विधान संशोधन, नियम तथा विनियम स्वीकृत गर्ने ।
छ) मानार्थ सदस्यता प्रदान गर्ने ।
ज) कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारवाहीहरुको, औचित्य हेरी अनुमोदन गर्ने ।
झ) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरी केन्द्रिय समितिले पेश गरेको कर्मचारीहरुको दरबन्दी, पारिश्रमिक भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृति प्रदान गर्ने ।
ञ) संस्थाको नीति तथा कार्यक्रम र आय व्ययको विवरणसम्बन्धी केन्द्रीय समितिका तर्फबाट महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनको अन्तिम सुनुवाई गरी अनुमोदन गर्ने ।

परिच्छेद ५
भेला र अविश्वासको प्रस्ताव

१४. क्षेत्रीय र जिल्ला प्रतिनिधि भेला :
१. एक अवधिमा कम्तीमा एकपटक सदस्यहरुको क्षेत्रीय भेला आयोजना गर्न सकिनेछ ।
२. संस्थाका बिभिन्न शाखा तथा संस्थागत सदस्य संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षको क्षेत्रीय भेला एक अवधिमा कम्तीमा एकपटक गर्न सकिनेछ ।
३. यी भेलाका निष्कर्ष, पारित प्रस्ताव तथा कार्यक्रमलाई मार्ग निर्देशनका रुपमा ग्रहण गरी आवश्यकताअनुसार केन्द्रीय वा क्षेत्रीय समन्वय समितिले कार्यान्वयन वा अनुगमन गर्नेछ । कार्यान्वयनको जिम्मेवारी संस्थाका सवै सदस्यसमेतको हुनेछ ।

१५. अविश्वासको प्रस्ताव :
क) संस्थाका केन्द्रीय समिति वा कुनै पदाधिकारी वा सदस्यका विरुद्ध एक तिहाइ सदस्यले कारण खुलाई हस्ताक्षर गरी संस्थाका केन्द्रीय कार्यालयमा अविश्वासका प्रस्ताव पेश गर्न सक्नेछन् ।
ख) त्यस्तो प्रस्ताव दर्ता भएपछि केन्द्रीय समितिले ३५ दिनभित्र विशेष साधारण सभा बोलाई सो प्रस्ताव पेश गर्नुपर्नेछ ।
ग) सि∙ो समिति वा समितिका पदाधिकारी वा सदस्यले आफूलाई लागेको अभियोगका सम्बन्धमा स्पष्टीकरण दिन पाउनेछ र यस्तो स्पष्टीकरणबाट सन्तुष्ट भएमा सभाले प्रस्ताव फिर्ता लिन सक्नेछ ।
घ) प्रस्ताव फिर्ता नभएमा यसलाई मतदानमा लगिनेछ । कार्यकारिणी सभाका दुई तिहाइ सदस्यले समर्थन जनाएमा प्रस्ताव पारित भएको मानिनेछ । यसरी सिंगो समिति विरुद्ध प्रस्ताव पारित भएमा बा“की अवधिका लागि तीन दिनभित्र नया“ निर्वाचन गर्नुपर्नेछ । निर्वाचन नहुन्जेलसम्म कुनै पदाधिकारी विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा वैकल्पिक वैधानिक व्यवस्था नरहेका हकमा समितिले तोके बमोजिम हुनेछ ।
ङ) अध्यक्षउपर अविश्वासको प्रस्ताव पेश भएको अवस्थमा विशेष साधारण सभाको अध्यक्षता उपाध्यक्षले गर्नेछ । समितिविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा कार्यकारिणी सभाका ज्येष्ठ सदस्यले त्यस्तो अध्यक्षता गर्नेछ ।
च) शाखा र संस्थागत सदस्य संस्थाका पदाधिकारी वा सदस्यविरुद्ध सो शाखाका एकतिहाइ सदस्यले अविश्वासको प्रस्ताव ल्याउन सक्नेछन । कुल सदस्य संख्याको दुई तिहाई सदस्यले समर्थन गरेमा प्रस्ताव पारित भएको मानिने छ ।

परिच्छेद ६
समिति

१६. समितिको गठन र गठन विधि :
१. संस्थाका शाखा तथा संस्थागत सदस्य संस्थाका समितिहरुलाई व्यवस्थित र विधिसम्मत तवरले सञ्चालन गर्न निर्वाचित समितिहरु हुनेछन् । तिनको गठन यसप्रकार हुनेछन् ।
(क) शाखामा सहमतिद्वारा वा गोप्य मतदानद्वारा अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव–१, सचिव–१, कोषाध्यक्ष –१, र पदाधिकारी सदस्य –८ सहितको समिति गठन गरिनेछ ।
(ख) सदस्य संख्याको आधारमा समितिका सदस्यको संख्या निर्धारण गरिनेछ । त्यसो गर्दा १५ जनासम्म सदस्य भएमा दुई, १६ देखि १०० जनासम्म सदस्य भएमा चार, १०१ देखि २०० जनासम्म छ र २०० भन्दा बढी सदस्य भएमा आठजना सदस्य चुनिनेछन् ।
(ग) निवर्तमान अध्यक्ष, त्यसअघिका पूर्व अध्यक्ष र समितिको निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी गरी तीनजना समितिका पदेन सल्लाहकार रहनेछन् । उनीहरुको बैठकमा मतदान गर्ने बाहेकका सवै अधिकार समितिका सदस्यसरह हुनेछ ।
२. सम्वन्धित क्षेत्रबाट निर्वाचितमध्ये बढी मत प्राप्त गर्ने केन्द्रीय सदस्य क्षेत्रीय समन्वय समितिको संयोजक र अर्का सदस्य सहसंयोजक हुनेछ । सो क्षेत्रका शाखा तथा संस्थागत सदस्य संस्थाका अध्यक्ष सो समितिको पदेन सदस्य हुनेछन् ।
३. केन्द्रीय समितिको गठन संस्थाको उद्देश्य पूर्तिका लागि सदस्यहरुले गोप्य मतदानबाट देहाय बमोजिमको ३३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछन्
क) अध्यक्ष
ख) उपाध्यक्ष
ग) महा–सचिव
घ) कोषाध्यक्ष
ङ) सचिव १ सहितका पदाधिकारी ८ गरी जम्मा १७ जना सदस्यहरु हुनेछन् ।
च) सदस्य ः प्रत्येक अञ्चल (मध्यमाञ्चल क्षेत्रका हकमा काठमाण्डौ उपत्यका बाहेक) बाट निर्वाचित १÷१ जनाका दरले १४ र उपत्यकाबाट १ जना गरी १५ र केन्द्रीय समितिबाट मनोनित ७ जना समेत गरी जम्मा ३९ जना सदस्य हुनेछ ।
मनोनयन गर्दा केन्द्रीय समितिले सदस्यहरुमध्येबाट प्रतिनिधित्व हुन नसकेका बिधागत क्षेत्रको प्रतिनिधित्व हुनेगरी गर्नुपर्नेछ । तर उम्मेदवार भई पराजित भएकालाई मनोनयन गरिने छैन ।
४. सदस्यहरुमध्ये गोप्य मतदानबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, कोषाध्यक्ष १, सचिव १ र सदस्य ३० निर्वाचित हुनेछन् । जस्मा १५ जना सदस्यहरुको मतदान भूगोलको आधारमा हनेछ ।
५. सदस्यका हकमा सम्बन्धित भौगोलिक क्षेत्रबाट सदस्य पदका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुले मात्र उम्मेदवार बन्न पाउनेछन् । र सम्बन्धित क्षेत्रका सदस्यहरुले मात्र मतदान गर्न पाउने छन् । महिला उम्मेदवारका लागि सम्पूर्ण क्षेत्रका सदस्यहरुले उम्मेदवार बन्न पाउने छन् भने मतदानपनि सम्पूर्ण क्षेत्रका सदस्यहरुले गर्न पाउनेछन् ।
६. संस्थाको कुनै पनि समितिको पदावधि निर्वाचन भएको मितिले तीन बर्षको हुनेछ । नया“ शाखा गठन भएका हकमा महाधिवेशन हुने वर्ष अधिवेशन गर्नु पर्नेछ ।
७. केन्द्रीय समितिमा मनोनित सदस्यहरुको पदावधि केन्द्रीय समितिको पदावधि रहेसम्म कायम रहनेछ ।
८. संस्थामा जुनसुकै तहका पदाधिकारीहरु लगातार दुईपटक भन्दा बढी सोहि पदका लागि उम्मेदवार हुन पाउने छैन ।
९. यस उपदफा बमोजिम गठन केन्द्रीय समितिको अध्यक्षको निर्वाचनमा उम्मेदबार हुन कम्तीमा ३ बर्ष र बा“की अरु पदका लागि कम्तीमा २ बर्ष संस्थाको साधारण सदस्य भएको हुनु पर्नेछ । तर शुरुको केन्द्रीय पदाधिकारीहरुको लागि यो लागु हुने छैन ।
१०. वार्षिक साधारण सभा हुनुभन्दा अगावै केन्द्रीय समितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन आएमा बा“की अवधिका लागि अर्को सदस्य केन्द्रीय समितिले मनोनित गर्न सक्नेछ । यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो, सो सदस्य बाँकी कार्यकालसम्मका लागि मात्र हुनेछ तर अन्य पदहरुको लागि विधान बमोजिम बा“की अवधिको निमित्त निर्वाचन प्रकृयाद्वारा पदपूर्ति गरिनेछ ।
११. केन्द्रीय समितिको बैठक आवश्यकताअनुसार अध्यक्षले बोलाउने छ । तर केन्द्रीय समितिको पदाधिकारीहरुको जम्मा संख्याको ५१ प्रतिशतले बैठक बोलाउने माग गरेमा अध्यक्षले केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउनु पर्नेछ ।
१२. केन्द्रीय समितिका पदाधिकारीहरुको कूल संख्याको ५१ प्रतिशत पदाधिकारीहरु उपस्थित नभई, कार्य समितिको बैठक बस्ने छैन ।
१३. केन्द्रीय समितिको बैठकमा अध्यक्षले अध्यक्षता गर्नेछ र निजको अनुपस्थितिमा उपाध्याक्षले र उपाध्यक्षको पनि अनुपस्थिति रहेमा बैठकमा उपस्थित भएका अन्य बैठकमा उपस्थित सदस्यहरुले छानेको वा ज्येष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।
१४. केन्द्रीय समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
१५. केन्द्रीय समितिको बैठकमा छलफल भएको विषयहरुको छुट्टै निर्णय कितावमा लेखी राखिने छ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नुपर्ने छ तर निर्णयमा असहमति जनाउनेहरुले कैफियत खोली सही गर्नुपर्नेछ ।
१६. संस्थाले गर्ने भनेको सम्पूर्ण कार्य केन्द्रीय समितिको निर्णयबाट हुनेछ ।
१७. माथिका दफाहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि केन्द्रीय समितिले गर्न पाउने कुनै कार्यको सम्बन्धमा केन्द्रीय समितिका सबै पदाधिकारीहरु लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक बिना पनि गर्न सकिनेछ । उपरोक्त बमोजिमको सहमतिलाई केन्द्रिय समितिको बैठकको निर्णय सरह मानिने छ ।

१७. समितिको वैठक :
संस्थाको सबै समितिको बैठक कम्तीमा ६ महिनामा कम्तीमा १ पटक बस्ने छ । जसको गणपूरक संख्या ५१ प्रतिशत हुनेछ । यसको साथै आवश्यकताअनुसार सो भन्दा बढी पनि केन्द्रीय समितिको बैठक बस्न र बोलाउन सक्नेछ ।

१८. केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार :
केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) यस संस्थाको दैनिक कार्य संचालन गर्ने र प्रशासनलाई नियमित तुल्याउने ।
(ख) यस संस्थाको हितलाई ध्यानमा राखी सम्पत्ति खरिद, विक्री गर्ने ।
(ग) संस्थाको कर्मचारीको नियुक्ति र वरखास्ति गर्ने ।
(घ) बैंकमा रहेको संस्थाको खाता संचालन गर्न व्यवस्था मिलाउने ।
(ड.) कार्यकारिणी सभाबाट पारित प्रस्ताव र निर्णय कार्यान्वयन गर्ने ।
(च) कुनै पनि मुद्दा— मामिलामा संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने ।
(छ) समितिको कुनै पद रिक्त भएमा मनोनयनद्वारा पूर्ति गर्ने ।
(ज) सदस्यताको लागि प्राप्त आवेदनमा छानबिन गरी सदस्यता प्रदान गर्ने ।
(झ) कुनै पनि सदस्य वा पदाधिकारीबाट संस्थाको हित विपरीत कार्य गरेमा वा गर्ने मनसाय राखेको र उचित सवुद प्रमाण फेला परेमा त्यस्तो सदस्य पदाधिकारीहरुलाई निलम्बन गर्ने र निलम्बन फुकुवा गर्ने । सोको जानकारी अन्य स्थानीय रुपमा संस्थालाई यथाशक्य छिटो जानकारी दिने ।
(ञ) निलम्बित सदस्य वा पदाधिकारी उपर कार्यकारिणी सभामा निष्कासनको लागि राय पेश गरी कार्यकारिणी सभाबाट निष्कासन गर्ने ठहर भएमा साधारण सदस्यताबाट निष्कासन हुनेछ ।
(ट) केन्द्रीय समितिको बैठक तिन महिनाको एक पटक अनिवार्य रुपमा वस्नु पर्नेछ र आवश्यकता अनुसार सो बाहेक कुनै पनि समयमा वस्न सकिनेछ ।
(ठ) कार्यकारिणी सभाबाट पारित गरेको अन्य निर्णय कार्यान्वयन गर्ने र संस्थाको लक्ष्य र उद्देश्य हासिल गर्न अन्य कार्यहरु गर्ने ।
(ड) समितिले आवश्यक सम्झेमा समितिका पदाधिकारी वा सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्न सक्नेछ ।

१९. सल्लाहकार समितिको गठन :
यस संस्थाको संस्थागत विकास र संस्थाद्वारा संचालन गरिने क्रियाकलापहरुलाई प्रभावकारी रुपमा संचालन गर्न आवश्यक सल्लाह र सुझाव दिनको लागि केन्द्रिय समितिले संस्थाको शुभचिन्तक लब्धप्रतिष्ठित व्यक्तित्वहरु र विधानमा उल्लेखित सदस्यहरु मध्येबाट वढिमा ७ जना सदस्य रहेको एक सल्लाहकार समितिको गठन गर्ने छ ।
क) सल्लाहकार समितिको अवधि केन्द्रीय समितिको पदावधि सरह हुनेछ ।
ख¬) सल्लाहकार समितिको मुख्य काम केन्द्रीय समितिलाई संस्थागत विकास, संस्थाले संचालन गरेको क्रियाकलापहरुलाई प्रभावकारी रुपमा संचालन गर्न र संस्थालाई आईपरेको समस्या समाधानको लागि केन्द्रिय समितिको अनुरोध अनुसार आवश्यक सल्लाह र सुझाव दिनु हुनेछ ।
ग) सल्लाहकार समितिको कुनै सदस्यले संस्थाको हित विपरित क्रियाकलाप गरेको प्रमाणित भएमा वा संस्थालाई ठोस सहयोग पुग्न नसकेमा सल्लाहकार समितिसंगै आवश्यक परामर्श गरेर कार्य समितिको दुई तिहाई बहुमतको निर्णयबाट सल्लाहकारबाट हटाउन सकिनेछ ।

२०. पदत्याग गर्न सक्ने :
अध्यक्षले उपाध्यक्ष मार्फत केन्द्रीय समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजीनामा दिई पदत्याग गर्न सक्ने छन् ।

२१. समिति, उपसमितिहरु :
१. यस विधानको परिधि भित्र रहेर संस्थाको कार्य सञ्चालनको लागि केन्द्रीय समितिले आवश्यकताअनुसार कम्तीमा केन्द्रीय समितिको कम्तीमा ३३ प्रतिशतको सहभागीता हुने गरी सचिवालय गठन गरिनेछ । यस्तै गरी बिषयगत समिति वा उप–समिति, स्थानीय समितिहरु, आयोग र कार्यदल गठन गर्न सक्ने छ, तर यसको लागि केन्द्रीय समितिले नियमावली बनाई उनीहरुको कार्यकाल, अधिकार, कार्यप्रणाली लगायतका बारेमा स्पष्ट पार्नु पर्नेछ । 
२. अन्य समिति, उप–समिति र स्थानिय समितिहरुको कार्यहरु केन्द्रीय कार्य समितिले तोकि दिए बमोजिम हुने छ ।

२२. अधिकार प्रत्यायोजन :
क) समितिले आफ्नो अन्तर्निहित अधिकारमध्ये आवश्यकतानुसार खास अधिकार कुनै उपसमिति, पदाधिकारी वा सदस्यलाई सुम्पन सक्नेछ ।
ख) समितिले उपदफा (क) बमोजिम आफ्नो काम कर्तव्य र अधिकार सुम्पदा शर्त तोक्न सक्नेछ ।
ग) समितिले उपदफा (क) बमोजिम दिएको अधिकार जुनसुकै बखत फिर्ता गर्न सक्नेछ ।

परिच्छेद ७
पदाधिकारीहरुको काम कर्तव्य र अधिकार

२३. पदाधिकारीहरुको काम कर्तव्य र अधिकार :
कार्य समितिका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१. अध्यक्षको काम कर्तव्य र अधिकार :
क) समिति र सभाको बैठकको अध्यक्षता गर्ने, बैठक सञ्चालन गर्ने ।
ख) निर्णायक मत दिने ।
ग) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
घ) संस्थाको नेतृत्व लिने ।
ङ) आवश्यकता अनुसार बैठकहरु बोलाउन महासचिवलाई निर्देशन दिने ।
च) अन्य पदाधिकारी एवं सदस्यहरुलाई कामको बा“डफा“ड गर्ने ।
छ) अभिलेख प्रमाणित गर्ने ।
२. उपाध्यक्षको काम कर्तव्य अधिकार
क) अध्यक्षलाई सहयोग गर्ने ।
ख) अध्यक्षले दिएको जिम्मेवारी पूरा गर्ने ।
ग) अध्यक्षको अनुपस्थितमा निजको कार्य गर्ने ।
३. महा–सचिवको काम कर्तव्य र अधिकार
क) संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने ।
ख) अध्यक्षको निर्देशन अनुसार बैठक र सभा बोलाउने ।
ग) अभिलेख सुरक्षित राख्ने
घ) अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
४. कोषाध्यक्षको काम कर्तव्य र अधिकारः
क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने ।
ख) साधारण सभामा वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
ग) लेखा दुरुस्त राख्ने ।
घ) नियमित रुपमा वार्षिक लेखा परीक्षण गराउने ।
५. सचिवको काम कर्तव्य र अधिकार
क) संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्न महासचिवलाई सहयोग गर्ने ।
ख) महासचिवले नभ्याएको कार्य गर्ने ।
ग) महासचिवको अनुपस्थितिमा सबै काम गर्ने ।
घ) महासचिवको अनुउपस्थितिमा अध्यक्षले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।
६. सदस्यहरुको काम कर्तव्य र अधिकारः
क) समितिको बैठकमा सक्रिय सहभागिता जनाउने ।
ख) संस्थाको कार्यमा रचनात्मक भूमिकाको निर्वाह गर्ने ।

२४. समितिको उत्तरदायित्व :
१. समितिका पदाधिकारी र सदस्यहरु सामूहिक र व्यक्तिगत रुपले कार्यकारिणी सभा र सदस्यहरुमार्फत सम्पूर्ण सदस्यहरुप्रति उत्तरदायी हुनेछन् ।

२५. शाखाको गठन :
क) कुनै जिल्ला वा सञ्चार प्रतिष्ठानमा कार्यरत ११ जना वा सोभन्दा बढी क्रियाशिल पत्रकारहरु दबूको सदस्य भएमा शाखा गठन गर्न सकिनेछ । जिल्ला तहमा गठन गरिनेलाई जिल्ला शाखा र सञ्चार प्रतिष्ठानमा गठन हुनेलाई प्रतिष्ठान शाखा भनिनेछ ।
ख) अधिवेशन हुनुअघि सदस्यता अनुमोदन गरी तदर्थ समिति गठन गर्न सकिनेछ ।
ग) एउटै जिल्लामा मात्र आवश्यक संख्या नभएको स्थितिमा नजिकका जिल्लाहरुमा कार्यरत पत्रकार एवं सञ्चारकर्मिहरुलाई संगठित गरी संयुक्त शाखा गठन गर्न सकिनेछ । तर संस्था नपुगेको अवस्थामा नजिकको जिल्लामा आवद्ध हुन सक्नेछ ।
घ) जिल्लाले आवश्यक प्रतिनिधित्व जिल्ला शाखाले गर्नेछ ।
ङ) विदेशमा वैधानिक रुपमा रहेका नेवार पत्रकारहरुले गठन गरेको संस्थालाई बैदेशिक शाखाको मान्यता दिईने र अधिकार तोकिए बमोजिम हुनेछ ।

२६. गणपूरक संख्या :
१. कुल सदस्य संस्थाको ६० (साठ्ठी) प्रतिशत साधारण सदस्यहरुको उपस्थित नभै कार्यकारिणी सभाको काम कारवाही हुने छैन । 
२. तर विधानको दफा ११ को (५) मा उल्लेख भए बमोजिम पुनः बोलाइएका कार्यकारिणी सभामा कूल सदस्य संख्याको ५१ प्रशित उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।

परिच्छेद ८
केन्द्रीय कार्यालय

२७. केन्द्रीय कार्यालयको गठन :
१. केन्द्रीय कार्यालयका काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
क) दैनिक प्रशासकीय काम सञ्चालन गर्ने,
ख) संस्थाको लिखत, कार्यबृत्त पुस्तिका (माइन्युट) र अभिलेख पुस्तिकाहरुको सुरक्षा गर्ने,
ग) समितिका निर्णय र निर्देशनहरु तदारुकताका साथ कार्यान्वयन गर्ने,
घ) पत्र व्यवहार यथासमयमा गर्ने,
ङ) सदस्यहरुको लगत विधिवत कायम गर्ने,
च) शाखाहरुसँग समय समयमा पत्र व्यवहार वा अन्य तरिकाबाट सम्पर्क गर्ने,
छ) सभा, कार्यकारिणीसभा र केन्द्रीय समिति, अन्य समिति, उपसमितिको निर्णय शाखालाई जानकारी
गराउने । 

परिच्छेद ९
कोष व्यवस्थापन

२८. संस्थाको कोष :
१) संस्थाको आफ्नो एउटै छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोमिजको प्राप्त रकमहरु जम्मा हुनेछन् ।
क) सदस्यता वापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।
ख) कसैले स्वेच्छाले दिएको अनुदान, सहायता वापत प्राप्त रकम ।
ग) संस्थाको चल अचल सम्पत्ति वा अन्य वस्तुको बिक्रीबाट प्राप्त रकम ।
घ) विदेशी संस्था व्यक्ति वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहयोग वापत प्राप्त रकम ।
ङ) स्थानीय निकायबाट प्राप्त अनुदान वा सहयोग वापत प्राप्त रकम ।
च) संस्थाले सञ्चालन गरेको विभिन्न क्रियाकलापहरुबाट प्राप्त आर्थिक स्रोत ।
२) संस्थामा प्राप्त रकम स्थानीय बैंकमा जम्मा गरी बैंक खाता सञ्चालन गरिनेछ ।

२९. कोष :
दफा २८ मा उल्लेखित सवै रकमहरु यस संस्थाको कोष मानिनेछ । यस संस्थामा तीन प्रकारको कोष रहनेछ ।
क) साधारण कोष ।
ख) अक्षय कोष ।
ग) पत्रकार एवं सञ्चारकर्मि कल्याणकोष ।

३०. खाता सञ्चालन :
संस्थाको बैंक खाता अध्यक्ष, महासचिव र कोषाध्यक्षको नाममा संचालन हुनेछ । जसमा कोषाध्यक्षको अनिवार्य अध्यक्ष र महा–सचिव मध्ये कुनै एकको दस्तखतबाट खाता सञ्चालन हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था गरीनेछ ।

३१. कोषको रकम खर्च गर्ने तरिका :
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिम तरिका अपनाई खर्च गरिनेछ ।
क) संस्थाको वार्षिक बजेट योजना र कार्यक्रम स्वीकृत नगरी कोषबाट खर्च गर्न सकिनेछैन । 
ख) साधारण सभाबाट पारित बजेट र कार्यक्रमको अधिनमा रही कोषबाट रकम खर्च गर्न सकिनेछ ।
ग) कोषबाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन कार्यकारिणी सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
घ) कोषको रकम खर्च गर्दा तोकिए बमोजिम खर्च गर्नुपर्नेछ ।

३२. संस्थाको लेखा र लेखा परीक्षण :
१. संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिने छ ।
२. संस्थाको लेखा परीक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ ।
३. नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखतमा पनि आफै वा मातहतका कर्मचारीहरु खटाई संस्थाको हिसाव किताव जाँच गर्न गराउन सक्नेछ ।
४. लेखा परिक्षकको नियुक्ति कार्यकारिणी सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ति केन्द्रीय समितिबाट हुनेछ ।
५. संस्थाको लेखा परीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरणको १÷१ प्रति स्थानयि अधिकारी, जि.वि.स., समाज कल्याण परिषद् र सम्बन्धित निकायमा पेश गरिने छ ।

परिच्छेद १०
अनुशासन र आचार संहिता

३३. अनुशासन र कारबाहि :
क) संस्थाको बिधान तथा अनुशासनको पालना गर्नु संस्थाका हरेक सदस्य तथा शाखा र संस्थागत सदस्यको कर्तव्य हुनेछ ।
ख) संस्थाका केन्द्रीय समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यहरुले सो पदमा बहालरहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन ।
ग) अनुशासन पालना गरे नगरेको अनुगमन तथा त्यससम्वन्धी उजुरीको सुनुवाइ संगठन समितिले गर्नेछ ।
घ) समितिको सिफारिशमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णय समेत गर्न सक्नेछ । कुनै कार्वाहीको निर्णय गर्नु अघि सफाईको मौका दिनु पर्नेछ ।

३४. आचार संहिता :
सदस्यहरुले अनुसूचि १ मा रहेको आचारसंहिताको पालना गर्नु पर्नेछ । पालना नगरेमा केन्द्रीय समितिले आचार संहिता अनुगमन तथा मर्यादा निरुपण समिति मार्फत स्पष्टिकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेछ । कुनै कारबाहिको निर्णय गर्नु अघि सफाईको मौका दिनु पर्छ ।

३५. पुनरावलोकन :
दफा ३३ र ३४ बमोजिमको निर्णयबाट मर्का पर्ने व्यक्तिले जानकारी प्राप्त गरेको ३५ दिनभित्र केन्द्रीय समितिमा पुनरावलोकनको लागि निवेदन दिन सक्नेछ । केन्द्रीय समितिले ९० दिनभित्र यस उपर निर्णय दिईसक्नु पर्नेछ ।

परिच्छेद ११
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्बन्धी व्यवस्था

३६. निर्वाचन सम्बन्धी व्यवस्था :
१. समितिको निर्वाचन प्रयोजनको लागि बढीमा ३ जनाको एक निर्वाचन समिति कार्य समितिको सहमतिद्वारा गठन गरिने छ । जसमा
क) कानूनविद् १ जना  – संयोजक
ख) संस्थापक १ जना   – सदस्य
ग) सल्लाहकार समिति वा संघ संस्था सम्बन्धी अनुभव प्राप्त बुद्धिजिवी १ जना – सदस्य
यस अनुसारको निर्वाचन समितिले विधानमा उल्लेखित व्यवस्था र निर्वाचन नियमावली अनुसार समितिको निर्वाचन सम्पन्न गर्नेछ । निर्वाचन नियमावली तयार नहुन्जेलको अवस्थामा संस्थाको विधानमा नबाझिने गरी निर्वाचन समितिले आवश्यक प्रक्रिया तयार गरी केन्द्रीय समितिको निर्वाचन सम्पन्न गर्नेछ । 
२. निर्वाचन समितिले प्रचलित कानूनको परिधि भित्र रहेर निर्वाचन कार्यविधी आफै व्यवस्थित गर्ने छ ।
३. निर्वाचन सम्बन्धी विवाद उत्पन्न भएमा विवादको टु∙ो निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुने छ ।
४. केन्द्रीय समितिको निर्वाचनको हकमा कम्तीमा ३० दिन अघि केन्द्रीय समिति भन्दा बाहिर दफा ३६ (१) अनुसारको निर्बाचन समिति गठन गर्नु पर्नेछ ।
५. निर्वाचन सम्पन्न भएको भोलिपल्ट निर्वाचन समितिको स्वतः विघटन हुनेछ ।

३७. उम्मेदवार हुने योग्यता :
केन्द्रीय समितिको उम्मेदवार हुन देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्ने छ । 
क) यस संस्थाको साधारण सदस्य भएको हुनु पर्नेछ ।
ख) १६ वर्षको उमेर पुरा भएको हुनु पर्नेछ ।
ग) नेवाः समुदायका सदस्य भएको हुनु पर्नेछ ।

३८. अविश्वासको प्रस्ताव :
१. अविश्वासको प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकारीको विरुद्वमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रित पु¥याई संस्थामा दर्ता गर्नुपर्ने छ ।
क) प्रस्तावको विषय स्पष्ट र व्यवहारिक हुनु पर्छ ।
ख) साधारण सभा सदस्यहरु मध्येबाट कम्तीमा १÷४ (एक चौथाई) सदस्यहरुको प्रष्ट नाम थर र ठेगाना सहित खुलाई सही भएको हुनुपर्छ ।
२. उपदफा १ बमोजिम संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई कार्यकारिणी सभा वा विशेष साधारण सभा बस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको कार्यकारिणी सभाको सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा १२ (४) बमोजिम कार्यकारिणी सभा वा विशेष साधारण सभा बस्ने सूचना दिइने छ ।
३. अविश्वासको प्रस्ताव माथि छलफलको प्रक्रिया :
क) साधारण सभामा अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उपदफा १ बमोजिमको प्रस्ताव पेश गर्न अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरु मध्ये १ जनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारण सहितको आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्ने छ ।
ख) उपदफा ३ (क) बमोजिम अविश्वासको प्रस्ताव, पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछि सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमा अन्य तीन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमति दिन सक्ने छ ।
ग) उपदफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता गर्ने व्यक्तिले ती पदाधिकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्नो भनाईहरु राख्न अनुमति दिइने छ ।
४. अविश्वासको प्रस्ताव माथि निर्णय :
१. अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको निर्णयको घोषणा गर्ने छ ।
क) अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समूहमा र विपक्षमा मत प्रकट गर्ने अर्का समूहमा छट्टयाएर वा,
ख) साधारण सभाका सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।
२. साधारण सभाको कुल सदस्य संख्याको २÷३ (दुई तिहाई) बहुमतले अविश्वासको प्रस्ताव पारित हुने छ । त्यस्तो प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पद मुक्त हुनेछन् ।
३. निर्वाचित भएको ६ महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुनः अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।

३९. विधान संशोधन :
१. कुनै सदस्यहरुले वा शाखाले विशेष प्रस्तावको रुपमा संशोधन ल्याउन सक्नेछ र सो प्रस्तावबारे केन्द्रीय समितिले कार्यकारिणी सभा हुनुभन्दा कम्तीमा तीस दिन अगाडी लिखित सूचना प्रेषित गर्नेछ ।
२. प्रस्तावित संशोधन कार्यकारिणी सभामा उपस्थित सदस्यहरुको दुई तिहाइ मतबाट पारित हुनेछ र स्थानीय अधिकारीबाट स्वीकृत भएपश्चातमात्र विधानको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ ।

४०. नियम बनाउन अधिकार :
१. संस्थाले आफ्नो कार्यसम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम कार्यकारिणी सभाबाट अनुमोदन गराउनु पर्नेछ ।
२. यो विधान र विधान अन्तर्गत बनेको नियमको अधिनमा रही संस्थाको कार्य सञ्चालन र उद्देश्य कार्यान्वयनका लागि केन्द्रीय समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्बन्धी विनियम बनाई लागू गर्न सक्नेछ । त्यस्तो विनियमहरु कार्यकारिणी सभाबाट अनुमोदन गराउनु पर्नेछ ।

४१. कर्मचारीको व्यवस्था :
क) संस्थाको दैनिक कार्य सञ्चालन र योजना तथा कार्यक्रम सञ्चालनको लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरु अपनाउनु पर्ने कार्यविधी तोकिए बमोजिम हुनेछ ।
ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको सञ्चालन गर्ने कार्यान्वयन विदेशी सल्लाकार वा स्वयं सेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि पु¥याउने सेवा, कामको औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा समेत जानकारी गराइने छ ।

४२. संस्था खारेजी :
१. कार्यकारिणी सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।
२. उपदफा १ बमोजिम संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा कार्यकारिणी सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाव किताव गर्नाको लागि एक वा एक भन्दा बढी लेखा परीक्षकहरु नियुक्त गर्न सक्नेछन् ।
३. उपदफा (२) बमोजिम नियुक्त लिक्विडेटर र लेखा परीक्षकहरुको पारिश्रमिक कार्यकारिणी सभाले तोकि दिए बमोजिम हुनेछ ।
४. यसरी कारणबस संस्था विघटन भई खारेज भएमा संस्थाको दायित्वको फरफारक गरी बाँकी रहने सम्पूर्ण जायजेथा नेपाल सरकारको हुनेछ ।

४३. व्याख्या :
यो विधान र विधान अन्तर्गत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई हुनेछ ।

४४. गोप्यता भंग गर्न नहुने :
यस संस्थाका कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुँदैन । केन्द्रीय समितिका पदाधिकारी वा कार्यकारिणी सभाका सदस्यहरुले बैठक वा साधारण सभामा असभ्य र अश्लिल शव्दको प्रयोग गर्न पाईने छैन ।

४५. ऐन अनुसार हुने :
यस विधानमा उल्लेख नभएका कुराहरु कानून बमोजिम हुने छ र संस्था दर्ता ऐन नियम र प्रचलित कानूनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतःनिष्कृय हुनेछन् । 

४६. निर्देशनको पालना :
नेपाल सरकार वा स्थानिय अधिकारीले समय, समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।

४७. तदर्थ समिति :
१. यो संस्था स्थापना गरी दर्ता गराउनुको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरी नया“ कार्य समितिको निर्वाचन गराउने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिइने छ ।
२. प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्था कार्य समितिले गरेका काम कारवाहीहरु यसै विधान सरह भएको मानिने छ ।

४८. हामी नेवाः पत्रकार राष्ट्रिय दबूका निम्न संस्थापकहरु यस विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहवरमा विधानमा सहीछाप गर्दछौं ।

संस्थापकको नाम, थर र ठेगाना साक्षीको नाम, थर, वतन र सहीछाप

१. नाम थर श्रीकृष्ण महर्जन
ठेगाना : कीर्तिपुर नगरपालिका, पुखुसी टोल
१. नाम थर :
   ठेगाना :
   दस्तखत .......................

२. नाम थर उपेन्द्रकुमार प्रधान
ठेगाना दोलखा, ८ वडा ।
१. नाम थर :
   ठेगाना : 
   दस्तखत .......................

३. नाम थर :  महेश श्रेष्ठ
   ठेगाना  :
     
   नाम थर :
   ठेगाना :
   दस्तखत .......................

४. नाम थर राज्यलक्ष्मी शाक्य
ठेगाना कामनपा, १४ वडा ।
   नाम थर  :
   ठेगाना  :
   दस्तखत ......................

५. नाम थर नृपेन्द्रलाल श्रेष्ठ
ठेगाना  :  कामनपा, १९ वडा ।
 
   नाम थर :
   ठेगाना :
   दस्तखत .......................


६. नाम थर उदेन मानन्धर
ठेगाना कामपा, २३ वडा ।
२. नाम थर  :
   ठेगाना  :
   दस्तखत ........................

७. नाम थर रमेश मानन्धर
ठेगाना  :  कामपा, १३ वडा
   नाम थर :
   ठेगाना :
   दस्तखत .......................

८.नाम थर नातिकाजी महर्जन
ठेगाना कामपा, किलागल ।
 
   नाम थर :
   ठेगाना :
   दस्तखत .......................


९. नाम थर : शीला साय्मि
ठेगाना : कामपा, १३ वडा ।
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१०. नाम थर : कृष्णकाजी मानन्धर
ठेगाना मध्यपुर, ठिमी, १२ वडा ।
 
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


११. नाम थर सुरजवीर वज्राचार्य
ठेगाना ललितपुर उपमनपा, १६ वडा ।
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१२. नाम थर सुगतरत्न सिन्दुराकार
ठेगाना कामनपा, १९ वडा ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१३. नाम थर :  रचना श्रेष्ठ
ठेगाना भक्तपुर, १६ वडा ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१४. नाम थर राजेन्द्र शाक्य
ठेगाना ललितपुर उपमनपा, १६ वडा ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१५. नाम थर जुनीवज्र वज्राचार्य
ठेगाना कामपा, २३ वडा ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१६. नाम थर मञ्जु वज्राचार्य
ठेगाना ललितपुर उपमनपा, १६ वडा ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१७. नाम थर प्रेरणालक्ष्मी शाक्य
    ठेगाना  :
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१८. नाम थर अस्मित मल्ल
ठेगाना कामपा, २८ वडा ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................


१९. नाम थर ज्ञानबहादुर महर्जन
ठेगाना कीर्तिपुर, चिठू विहार ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................

२०. नाम थर ज्ञानकुमार महर्जन
ठेगाना कीर्तिपुर, पालिफल वडा नं. ९ ।
   
 
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................

२१.  नाम थर : रविन्द्रमान महर्जन
ठेगाना कामपा, १२ वडा ।
नाम थर  :
  ठेगाना  :
  दस्तखत .......................





क्र.स पद नाम ठेगाना पेशा दस्तखत
१. अध्यक्ष श्रीकृष्ण महर्जन
उपाध्यक्ष उपेन्द्र कुमार प्रधान
उपाध्यक्ष महेश श्रेष्ठ
उपाध्यक्ष राज्यलक्ष्मी शाक्य
५. उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ
६. सचिव उदेन न्हूसाय्मि
७. कोषाध्यक्ष रमेश मानन्धर
८. सदस्य नातिकाजी महर्जन
९.   ,,         रचना श्रेष्ठ
१०   ,,        सुगतरत्न सिन्दुराकार
११   ,,        शीला साय्मि
१२   ,,        के.के. मानन्धर
१३   ,,        राजेन्द्र शाक्य
१४   ,,         जुनीबज्र बज्राचार्य
१५   ,,         सुरजवीर बज्राचार्य
१६   ,, मञ्जु बज्राचार्य
१७   ,,         अस्मीत मल्ल
१८   ,,         ज्ञानबहादुर महर्जन
१९   ,,         ज्ञानकुमार महर्जन
२०   ,, किचःमान ज्यापु
२१   ,,         प्रेरणा शाक्य





अनुसूची–१
पत्रकार आचार संहिता
२०६०

प्रस्तावना ः
स्वस्थ पत्रकारिताको विकासका निम्ति आमसञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार र व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्दै यसको दुरुपयोग हुन नदिन तथा राष्ट्र र समाजप्रति बढी उत्तरदायी बनाउन एवं नेपालको संविधानद्वारा प्रत्याभूती स्वतन्त्रता र हक अधिकारको जर्गेना गर्दै जनतालाई सुसूचित गर्ने मूलभूत उद्देश्यले समसामयिक अन्तर्राष्टिय प्रचलन र मान्यताहरुलाई समायोजन गरी आमसञ्चारका सबै माध्यमहरुलाई समेत समेटेर मौजुदा आचार संहितामा परिमार्जन गर्न वाञ्छनीय भएकोले नेपाल पत्रकार महासंघसमेतको सहमतिमा प्रेस काउन्सिल ऐनको दफा (७) को (ख) बमोजिम यो पत्रकार आचार संहिता २०६० बनाई जारी गरिएको छ ।

१. नाम, प्रारम्भ र विस्तार ः (१) यस आचार संहिताको नाम पत्रकार आचार संहिता, २०६० रहेको छ ।
२.१ यो आचार संहिता तुरुन्त लागू हुनेछ ।
२.२ यो आचार संहिता नेपालभर कार्यरत सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमहरुलाई लागू हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस संहितामा, २०६० रहेको छ ।
(क) “पत्रकार” भन्नाले छापा, विद्युतिय तथा अनलाईजस्ता कुनै पनि प्रकृतिका सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेरषणजस्ता कार्यस“ग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डल सदस्यहरु, संवाददाता, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामरामेन, ब्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता तथा सञ्चालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादकजस्ता पत्रकारिता पेशास“ग सम्वन्धित सञ्चारकर्मीहरुलाई जनाउँदछ ।
(ख) “सञ्चारमाध्यम” भन्नाले नेपालमा सञ्चालित पत्रपत्रिका, रेडियो एवं टेलिभिजन प्रसारणहरु तथा इन्टरनेटका समाचार र विचारमूलक अनलाईन सेवाहरुसमेतलाई जनाउँदछ ।
(ग) “काउन्सिल” भन्नाले प्रेस काउन्सिल नेपाललाई जनाउँदछ ।

३. पत्रकार तथा सञ्चारमाध्यमहरुले देहायका कर्तव्य निर्वाह गर्नेछन् ।
(१) प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धनः बिचार र अभिव्यक्ति स्वतन्त्रता नागरिकहरुको आधारभूत अधिकार भएकोले यसको संरक्षण र सम्वद्र्धनका निम्ति सदैव दृढ, सजग र सतर्क रहनु पर्दछ ।
(२) मानवअधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको सम्मानः मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय लिखतहरुले प्रत्याभूत गरेका हक, अधिकार, सिद्धान्त, मान्यता र प्रचलनको सम्मान गर्दै प्रजातन्त्र, न्याय, समानता, शान्ति र अन्तर्राष्ट्रिय समझदारीको संरक्षण र सम्बर्द्धन तथा मित्रराष्ट्रहरु बीचको भईचारालाई अभिबृद्धि गर्नु पर्दछ ।
(३) सूचनाको हकको रक्षा र प्रचलनः आमनागरिकको सुसूचित हुन पाउने हक अधिकारको रक्षा गर्न सदैव क्रियाशिल एवं समर्पित रहनु पर्दछ ।
(४) सत्य तथ्य सूचनाको सम्प्रेषणः व्यावसायिक पत्रकारिताको लक्ष्य हासिल गर्न सत्य–तथ्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्नु पर्दछ ।
(५) सम्पादकीय स्वतन्त्रताः सञ्चारमाध्यमबाट प्रकाशित–प्रसारित सामाग्रीको उत्पादन तथा सम्प्रेषणप्रतिको जिम्मेवारी र उत्तरदायित्व पत्रकारमा हुनुपर्दछ ।
(६) गोपनियताको हकको सम्मानः सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा बैयक्तिक एवं व्यावसायिक गोपनियताको सम्मान गर्नु पर्दछ ।
(७) उच्च व्यावसायिक अभ्यासः पत्रकारिताका आधारभूत मान्यता र सिद्वान्तप्रति प्रतिवद्व रही जवाफदेहि एवं उत्तरदायित्व तथा विश्वसनीयताको निर्वाह गर्न उच्च व्यावसायिक अभ्यास गर्नु पर्दछ ।
(८) शिष्ट व्यवहारः व्यावसायिक अभ्यासमा सामाजिक शिष्टताको सम्मान गर्दै नैतिक, शिष्ट एवं मर्यादित कार्यशैलि र भाषाको प्रयोगमा सजग रहनु पर्दछ ।
(९) गल्ती सच्याउने तत्परताः प्रकाशन तथा प्रसारणमा भएका त्रुटी एवं गल्तीको जानकारी हुनसाथ यथाशिघ्र त्यस्तो गल्ती एवं त्रुटीलाई सच्याउने तथा सप्रमाण खण्डन वा प्रतिक्रिया आएमा प्रष्ट भाषामा उचित स्थान दिई प्रकाशन–प्रसारण गर्नुपर्दछ ।
(१०) सामाजिक उत्तरदायित्वः असक्त, असहाय, अपा∙, बालबालिका, महिला तथा पिछडिएका वर्ग, क्षेत्र, भाषा–भाषी र अल्पसंख्यक समूदायको उत्थान र विकासमा सूचना र विचार प्रवाहद्वारा विशेष सहयोग पु¥याउने सामाजिक उत्तरदायित्व हुनेछ ।
(११) आपसी सम्वन्धः पत्रकार तथा संञ्चारमाध्यमहरुवीचका आपसी सम्बन्ध व्यावसायिक, स्वस्थ, संयमित र सुमधुर रहनु पर्दछ ।

४. पत्रकार तथा सञ्चारमाध्यमहरुले देहायका कार्यहरु गर्ने छैनन ।
(१) राष्ट्रिय अखण्डतामा प्रतिकुल प्रभाव पार्न नहुनेः
बहुजातीय मुलुक नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न, बहुधार्मिक र जाति वा सम्प्रदायहरुका बीचको सुसम्वन्धमा खलल पार्ने वा गाली बेईज्जती वा अदालतको अवहेलना हुने वा सार्वजनिक शिष्टाचार वा नैतिककताको प्रतिकूल हुने समाचार र विचार प्रकाशन तथा प्रसारण गर्नु हुदैन ।
(२) सामाजिक संरचनामा प्रतिकूल असर पार्न नहुनेः
प्रतिकूल असर पु¥याउने तथा व्यवसायिक मर्यादाविपरीत हुने प्रकृती र उत्तेजक सामग्री प्रकाशन तथा प्रसारण गर्नु हुदैन ।

1 comment: