Tuesday, December 26, 2017

पत्रकारिता तालिम सहयोग


गोल्डेन डायमण्ड एण्ड ज्वेलरीले सामाजिक उत्तरदायित्वको अवधारणा अनुसार पत्रकारिता सम्बद्ध पाँच वटा तालिमका आर्थिक सहयोग गर्ने भएको छ । 

ललितपुर महानगरपालिका १२ हःखा मा रहेको सो ज्वेलरीले नेवाः पत्रकार राष्ट्रिय दबूसँग सहकार्य गरेर मुलुकका विभिन्न जिल्लामा पत्रकारिता तालिम सञ्चालन गर्न लागेको हो । 

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका ज्वलेरीका प्रमुख ज्ञानराज शाक्य अस्वस्थ रहेका कारण उनकी श्रीमती सुनिता शाक्य र समिस शाक्य र पत्रकार दबूको तर्फबाट केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले हस्ताक्षर गरे । 

सो अवसरमा पत्रकार दबूका केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक राजु शाक्यले व्यावसायिक संस्थाले पत्रकारिताको विकासको लागि सहयोग गर्न कार्य सामाजिक उत्तरदायित्वको अवधारणा अनुुरुपको नौलो अभ्यास रहेको बताए । यसले समावेशी सञ्चारको विकासका लागि दूरगामी प्रभाव पार्ने पनि उनको भनाई छ ।  

पत्रकार दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले व्यावसायिक संस्थाले पत्रकारिताको विकासका लागि सहयोग गर्ने कार्य अन्य व्यावसायिक संस्थाका लागि उदाहरणीय साबित हुने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment