Thursday, February 6, 2020

नेवाः पत्रकारको कार्ययोजनाः पत्रकारितामा समावेशी र मातृभाषा पत्रकारिता

नेवाः पत्रकारको कार्ययोजनाः पत्रकारितामा समावेशी र मातृभाषा पत्रकारिता

नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो महाधिवेशन पछि पहिलो पटक चितवनमा केन्द्रीय समितिको पूर्ण वैठब बसी पत्रकािरतामा समावेशीता र मातृभाषा पत्रकारिताका लागि कार्ययोजना सहितको कार्यक्रम अघि सारेको छ । गत पुष १८ गतेदेपिख २० गते सम्म भएको सो बैठकले प्रेस स्वतन्त्रताको रक्षा गर्दै समावेशी सञ्चार र मातृभाषाको पत्रकारिता विकास गर्ने नीति, योजना र कार्यक्रम अघि सारेको हो ।
पत्रकार राष्ट्रिय दबूको चितवन शाखाको संयोजनमा भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष सुरजवीर बज्राचार्यले पेश गर्नुभएको कार्ययोजनामा विस्तृत छलफल गरी पारित गरेको थियो ।
पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र नेपाली पत्रकारिताको दायरा विस्तारको लागि समावेशी सञ्चार अवधारणालाई कार्ययोजनाको मुख्य केन्द्रबिन्दुमा राखिएको छ । सो कार्ययोजनामा नेपालको संविधानको भावना अनुरुप नेपाल समाजको विविधता प्रतिविम्बि हुने समावेशी सञ्चार सम्बन्धी बहस, छलफल अघि 
बढाउने भनिएको छ ।




त्यसैगरी नेपालमा बोलिने प्रत्येक भाषा राष्ट्रभाषा भएको संवैधानिक मर्म अनुरुप मातृभाषाको पत्रकारिताको व्यावसायिकताको लागि मातृभाषा पत्रकारिता दिवस र मातृभाषा पत्रकारिता सम्मेलन गर्ने साथै सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्ने, नेवाः पत्रकारहरुलाई सक्षम बनाउन विभिन्न तालिम संचालन गर्ने, संगठन विस्तार लगायतका पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

बैठकले वरिष्ठ पत्रकार दानदास श्रेष्ठ, युवराज श्रेष्ठ लमजुङ र राजिप राजोपाध्यायलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ भने अन्य दुई सदस्य पछि निर्णय गरिने भएको छ । बैठकले गोरखापत्रका पूर्व प्रधान सम्पादक पुष्करभक्त माथेमा, राससका पूर्वप्रधानसम्पादक राजु शाक्य ,नेपाल भाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धर, राजेन्द्र स्थापित, रमेशकाजी स्थापित, सुजीव बज्रचार्य, नरेशवीर शाक्य र चितवनका ईश्वर जोशीलाई सल्लाहकारमा नियुक्ति गरिएको छ । बैठकले पत्रकारिता आचारसंहिताको पालनालाई जोड दिँदै कार्यविधि तयार गर्नुका साथै सचिवालय गठन समेत गरेको थियो ।

बैठकपछि चित्तवनका प्रबुद्ध नागरिक, व्यवसायी, समाजसेवी, जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, थारु पत्रकार संघ, नेपाल प्रेस युनियन लागयत विभिन्न पत्रकार संगठनका प्रतिनिधिसंग परिचात्मक तथा नेवाः पत्रकार र समुदायको भूमिका विषयमा अन्तक्र्रिया कार्यक्रम समेत गरेको थियो ।



२०७६,पुष १८ गते

News Courtesy: www.kirtionlinenews.com

No comments:

Post a Comment