Wednesday, February 19, 2020

ज्ञानकाजी मानन्धरलाई नेवाः पत्रकारको अभिनन्दन

ज्ञानकाजी मानन्धरलाई नेवाः पत्रकारको अभिनन्दन



फागुन ३, केके मानन्धर 
संस्कृति सम्बन्धीका ज्ञाता ज्ञानकाजी मानन्धरलाई नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले एक कार्यक्रमकाबीच अभिनन्दन गरेको छ । सांस्कृतिक पक्ष तथा शिक्षा क्षेत्रमा दिनुभएको अतूलनीय योगदानलाई कदर गरी दबूले बनेपाका ८२ वर्षिय स्रष्टालाई अभिनन्दन गरेको हो । मानन्धरले लिजेन्ड अफ नेपाल, कुमारी, खड्गयोगिनी, बनेपा स्तवन, कपिलबस्तुस भगवान लगायतका करिव दर्जन पुस्तक प्रकाशन गरेका छन् । उहाँले बुद्ध धर्म तथा नेवार समुदाय सम्बन्धीका थुप्रै लेख रचना समेत प्रकाशन गरेका छन् ।




कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मानन्धरले काभ्रेको पनौती ऐतिहासिक र धार्मिक दृष्टिकोणले पवित्र भएको बताउँदै यस्ता सम्पदा संरक्षणमा लाग्न आव्हान गरे । ‘पौराणिक दृष्टिकोणले समेत पुण्य भूमि भएकोले हाम्रा पूर्खाले सिर्जेका धार्मिक गन्तव्यलाई संरक्षण गर्नुपर्छ । यहाँका काष्ठकलादेखि धात्तुकला, मूर्तिकला विश्वकै अद्वितीय नमूना हो ।’ मानन्धरको भनाई थियो । हुनपनि नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई लक्षित गरी पनौतीका धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । हाम्रा बाजेपूर्खाले बनाएका कलाकौशललाई प्रचारमा ल्याउन सके आर्थिक उपार्जन गर्न सकिन्छ ।

त्यस्तै, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारितामार्फत समुदायको आवाज मुखरित गर्दै आएको बताउँदै सत्यनारायण बहादुर श्रेष्ठ र धर्मादित्य धर्माचार्यको योगदानलाई स्मरण गरे । ‘सत्यनारायण बहादुरले २००८ मा तत्कालीन नेपाल पत्रकार संघ गठन गरे । त्यसलाई नै पुनर्गठन गरी २०१२ मा नेपाल पत्रकार महासंघ बनाएको हो ।’ बज्राचार्यले दाबी गरे । सत्यनारायण बहादुर श्रेष्ठले नै नेपालमा सबभन्दा पहिले पत्रकारहरुलाई संगठित गरेको दाबी गर्दै उहाँलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउनुपर्नेमा अन्य पत्रकारको नाम प्रचार भइरहेकोमा असन्तुष्टि पोखे । बज्राचार्यले धर्मादित्य धर्माचार्य पनि नेपालकै पहिलो मातृभाषी पत्रकार भएको दाबी गरे ।






कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको तेस्रो राष्ट्रिय महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको थियो काभ्रे शाखाका कार्यसमितिलाई प्रमाणपत्र तथा सहभागी सबैलाई खादाले स्वागत गरिएको थियो


पनौतीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, सूर्यप्रसाद लाकोजु, शिक्षासेवी शिवशंकर मानन्धर, सामाजिक क्षेत्रमा सक्रिय महानुभाव, पत्रकार, महिला तथा भद्र भलाद्मीहरूको सहभागिता थियो नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सचिव शम्भुलाल श्रेष्ठले सञ्चालन गरेका हुन् कार्यक्रमलाई केन्द्रीय सदस्य तथा साहित्यिक पत्रकार विजयराम कर्माचार्यले संयोजन गरेका थिए

Picture courtesy: Nzan Rajkarnikar
More pictures:












No comments:

Post a Comment