Saturday, July 12, 2025

विद्युतीय सञ्चार माध्यम अन्तर्गत रेडियोमा सबभन्दा बढी समाचार वाचन गर्ने रचना श्रेष्ठ

विद्युतीय सञ्चार माध्यम अन्तर्गत रेडियोमा सबभन्दा बढी समाचार वाचन गर्ने रचना श्रेष्ठ

असार २८, केके मानन्धर ।

रचना श्रेष्ठ नेपालभाषा समाचार वाचिकाको रुपमा सबभन्दा बढी सेवा गर्ने नेपालकै पहिलो महिला हुन् । विद्युतीय सञ्चार माध्यमको रुपमा रहेको नेपालको सरकारी सञ्चार संस्था रेडियो नेपालमा २०५० देखि नियुक्ती पाएर आजको दिनसम्म काम गरिरहनु भएकी छन् । याे समय गणना गर्दा उहाँले समाचार वाचन गरेकाे समयावधि ३२ वर्ष हुन्छ । नियुक्ति पाएकाे केही समय पश्चात् श्रेष्ठले आफ्नो आकर्षक आवाजलाई पहिलो पटक रेडियोमार्फत सञ्चार गरेकी थिइन् । यसअघि सबैभन्दा बढी समयसम्म समाचार वाचन (विशेष गरी रेडियोमा) गर्ने नेपाली महिला कृष्णा ताम्राकार थिइन् । उहाँले वि.सं. २०१८ जेठ २४ देखि २०४९ सम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । कृष्णा ताम्राकारले करिब ३१ वर्ष समाचार वाचन गरेकाे इतिहास छ  ।

वरिष्ठ सञ्चारकर्मी रचना श्रेष्ठको थप विवरणः

१) २०५५ भदौ ५ गते रेडियो नेपालमा स्थायी नियुक्ती ।

२) २०६५ सालमा सम्पादक पदमा बढुवा भएर हालसम्म कार्यरत ।

३) २०७१ देखि २०७६ सम्म नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाकी अध्यक्ष ।

४) देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूमा २०७६ देखि उपाध्यक्ष तथा विभिन्न पदाधिकारी पदमा कार्यरत ।

५) नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)की केन्द्रीय सदस्य ।

६) नेपाल पत्रकार महासंघकी सदस्य ।

No comments:

Post a Comment