Monday, September 8, 2025

प्रेसमाथि भएको आक्रमणप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण

 


मिति ः २०८२ भदौ २३ सोमबार  

(नेपाल संवत् ११४५ ञंलागा प्रतिपदा)


प्रेस विज्ञप्ति

जेनजी युवाहरूको आन्दोलनमा सरकारको चरम दमन पश्चात् भएको मानवीय क्षति र आन्दोलनको क्रममा प्रेसमाथि भएको आक्रमणप्रति देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण भएको छ । मिति २०८२ भदौ २३ गते सोमबार काठमाडौंमा भएको आन्दोलनको समाचार रिपोर्टिङ गर्ने क्रममा विभिन्न सञ्चारगृहमा आवद्ध रहेका सञ्चारकर्मीहरु क्रमशः श्याम श्रेष्ठ, दिपेन्द्र ढुंगाना तथा उमेश कार्की घाइते हुनु दुःखद विषय हो । 

नेपालको संविधानको प्रस्तावनामै उल्लेख भएको अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ काममा खटिएका सञ्चारकर्मीप्रतिको आक्रमणको घटना निन्दनीय छ । घाइते भएका पत्रकारहरूको निःशुल्क उपचार गराउनुपर्ने माग गर्दै स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण सञ्चारकर्मीहरुप्रति सहानुभूति व्यक्त गर्दछौं ।

साथै सरकारले नियमन गर्नुपर्ने सामाजिक सञ्जाल बन्द गरेको निर्णयको भत्र्सना गर्दछौं । प्रेसलाई राज्यको चौथो अंगको रूपमा मान्यता दिएको सन्दर्भमा सरकारले पत्रकारहरूको सुरक्षाको जिम्मेवारी बहन गर्नुपर्ने हो । तर त्यसो हुनसकेन । त्यसैले पत्रकारलाई आक्रमण गर्ने दोषी पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गर्दछौं । 

केके मानन्धर
महासचिव
नेवाः पत्रकार राष्ट्रिय दबू

No comments:

Post a Comment