Friday, September 22, 2017

सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघ संस्थापक बनाउन दबु आन्दोलनमा उत्रदै

Source : http://www.lokhitnepal.com/?p=946

काठमाडौं । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई स्वीकार गर्नुपर्ने माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले आन्दोलन गर्ने भएको छ । विहिवार राजधानीको टोखामा सम्पन्न भएको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । आन्दोलनको क्रममा पत्रकार महासंघमा धर्ना बस्न जाने समेत तयारी गरेको दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभएको छ ।

यसै वीच आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आज शुक्रवार संचारमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ । सरकारले आमसंचार राष्ट्रिय प्रतिष्ठान कृष्णप्रसाद भट्टराईको नाम जोडेर राख्ने तयारीको विरोध गर्दै फोनिजले मन्त्रीलाई ज्ञापन पत्र दिन लागेको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको अवस्थामा इतिहासलाई अस्वीकार गरि भट्टराईको नाममा गठन गर्ने प्रतिष्ठानलाई स्वीकार नगर्ने चेतावनी फोजिनले दिदै आएको छ । केहि दिन अघि मात्रै फोनिजले यसै बिषयलाई लिएर नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको थियो  ।






No comments:

Post a Comment