Wednesday, September 20, 2017

पत्रकार महासंघलाई फोनिजको ज्ञापन पत्र

सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्नुपर्छः फोनिज अध्यक्ष डण्ड गुरुङ
फोनिज लगायत नेवाः पत्रकार दबूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेः महासंघ अध्यक्ष गोविन्द आचार्य
नेवाः पत्रकार राष्ट्रिय दबू आन्दोलन गर्न तयारः नेवाः पत्रकार दबू अध्यक्ष महर्जन
 


नेपालका आदिवासी जनजाति पत्रकार महासंघ फोजिनले बुधवाः नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई ज्ञापन पत्र दिदै पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गरेको छ । 

फोनिजका अध्यक्ष गुरुङले ज्ञापन पत्र बुझाउदै सबै पत्रकारहरुको साझा संगठनको रुपमा स्थापित हुन इतिहासलाई स्वीकार गरी श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग गर्नुभयो । साथै उहाँले हालै सरकारले गठन गर्न लागेको आमसंचार प्रतिष्ठानको अगाडी कृष्णप्रसाद भट्टराईको नाम राख्न नहुने र बास्तविक इतिहासलाई स्वीकार गर्नुपर्ने माग गर्नुभयो । 

सो क्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले नेपाल पत्रकार महासंघले इतिहासलाई स्वीकार नगरे अर्थात सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको रुपमा स्वीकार नगरे अव नेवाः पत्रकारहरु आन्दोलन गर्न तयार रहेको चेतावनि दिनुभयो । 

सो क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आदिवासी जनजाति पत्रकारहरुको मागको विषयमा आफू जानकार रहेको र सो समस्या वार्ता र सम्वादको माध्यमवाट समाधान हुने बताउदै त्यसका लागि आदिवासी जनजाति पत्रकारहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा पत्रकार महासंघका महासचिव रमेश विष्ट समस्या समाधान गर्न महासंघमा छलफल गर्ने बताउनु भयो । फोनिजमा आबद्ध एवं बरिष्ठ पत्रकारहरु खिम घले, गर्जुधन राई, मोहन सिं, टेकराज थामी, मिरा राजभण्डारी अमात्य लगायतले पनि गलत इतिहासको कुरालाई सच्याउदै जानुपर्ने बताउनु भयो ।

फोटो समाचार : श्री कृष्ण महर्जन 






No comments:

Post a Comment