Monday, December 28, 2020

पत्रकारिताको संस्थागत विकासमा सत्यनारायण बहादुर श्रेष्ठको उच्च योगदानः मन्त्री गुरुङ



 गोरखापत्र अनलाइन

काठमाडौं, पुस १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायणबहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुु¥याउनुभएको योगदानको स्मरण गर्नु भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूले सोमबार ललितपुरमा आयोजना गरेको सत्यनारायण बहादुर श्रेष्ठको १०५ औं स्मृति सभामा उहाँले २००८ सालमै पत्रकारको हितका लागि संगठनको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको सञ्चार, सूचना र प्रविधिको क्षेत्रमा संस्थागत विकास गर्न उच्च योगदान गर्नुभएको बताउनुभएको हो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले २००८ सालमै तत्कालिन नेपाल पत्रकार संघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुु¥याउनुभएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । मन्त्री गुरुङले स्वर्गीय श्रेष्ठ नेपालको पत्रकारिता क्षेत्रको ऐतिहासिक व्यक्तित्व भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सूरजबीर बज्राचार्यले २००८ सालमा नेपाल पत्रकार महासंघको स्थापना गर्नुभएको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री गुरुङले नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिनुभएको मन्त्री गुरुङका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष दण्ड गुरुङ, मन्त्री गुरुङका सञ्चारविज्ञ राजेन्द्र मानन्धर लगायतको उपस्थिति थियो ।
श्रेष्ठले वि.सं. २००८ सालमा तत्कालिन नेपाल पत्रकार संघको गठन गर्नुभएको थियो । २००९ सालमा पुनर्गठित संघको अध्यक्षमा पनि पुनः श्रेष्ठ नै चयन हुनुभएको लिखत भेटिन्छ । २०१२ सालमा संघको अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुभएपनि नेपाल पत्रकार महासंघले भट्टराईलाई संस्थापक मान्दैआएको छ । यसमा नेवाः दबुसहित आदिबासी जनजाति पत्रकारको विमति रहँदैआएको छ ।

News Courtesy: gorkhapatraonline.com/Prajeet Shakya
More photos:












No comments:

Post a Comment