प्रेस विज्ञप्ति
पत्रकार टेकमान शाक्यलाई टेलिफोनमार्फत त्रसित बनाएर धम्की दिएकोप्रति देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार राष्ट्रिय दबू धादिङ जिल्ला शाखाका सदस्य समेत रहनुभएका नेप्लिज टाइम्स डटकमसँग आवद्ध रहेका पत्रकार शाक्यलाई समाचार कन्टेन्ट बनाएकै आधारमा आतंकित बनाउनु खेदजनक छ । पत्रकार शाक्यले सुरक्षा थ्रेटकै कारणले भदौ ३ गते शुक्रबार फेसबुकमार्फत ‘मलाई अहिले पनि थ्रेट आईरहेको छ । नयाँ नम्बरबाट । ज्यानको सुरक्षाको भिख माग्दै छु ।’ पोष्ट गर्नुभएको थियो ।
पत्रकार शाक्यको अनुसार उहाँलाई धम्की दिनेहरु क्रमशः नेकपा एमालेका नेता तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत र उहाँका शुभचिन्तकहरु हुन् । नेपालको संविधानको परिपालना गर्न/गराउनुपर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तित्वले समाचार कन्टेन्टमा रहेका असन्तुष्टि सम्बोधन गराउनको लागि कानुनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्काउनु गलत छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक तथा निर्वाध रुपमा बोल्न र हिंड्न पाउनुपर्ने अधिकारलाई कुण्ठित हुनेगरी भएका गतिविधि गैरन्यायिक छन् ।
पेशागत अधिकार संकुचन हुनेगरी पत्रकारलाई धम्की दिनेहरुलाई तत्काल कारबाही गर्न तथा शाक्यको शान्ति, सुरक्षाको लागि सरकारसँग माग गर्दछ । पत्रकारको नैसर्गिक अधिकारमा अवरोध नगर्न समेत पत्रकार राष्ट्रिय दबू आग्रह गर्दछ ।
महासचिव
नेवाः पत्रकार राष्ट्रिय दबू
No comments:
Post a Comment